बसबाट बहुमूल्य रुवि तस्करी गर्न खोज्ने तामाङ पक्राउ


महानगरीय प्रहरी परिसर काठमाडौँले बहुमूल्य पत्थर मणिसहित एक जनालाई पक्राउ गरेको छ ।
परिसर, महानगरीय प्रहरी प्रभाग नागढुंगाले शनिबार राति धादिङबाट काठमाडौँ आउँदै गरेको वा ४ ख ५८४६ नंको बस जाँचका क्रममा धादिङका २१ वर्षीय सूर्य तामाङलाई पक्राउ गरेको हो । अभियुक्त तामाङसँग प्रहरीले ४६२ ग्राम मणि बरामद गरेको छ । तामाङलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि आज खानी तथा भूगर्भ विभाग लैनचौर पठाइएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?