दूध-घ्यू खाए हुँदैन हर्टएट्याक, वैज्ञानिकले गरे प्रमाणित


धेरै मानिसहरुलाई चिल्लो पदार्थ खानाले मुटुमा समस्या देखिन्छ भन्ने भ्रम  रहिआएको छ । हुन पनि चिल्लोले रगतमा कोलेस्टोरको मात्रा बढाउँदै लैजाने र यसले अन्तत मुटुको धमनीमा अवरोध गरी हर्ट एट्याक भएर मानिसको र्मत्यु समेत हुनसक्ने तथ्यांक बताइदै आएको थियो । तर, अनुसन्धानले यो गलत भएको प्रमाणित गरेको छ । वैज्ञानिकहरूले विशुद्ध दूधबाट बनेका उत्पादन पनीर, मक्खन वा दूधको चिल्लोले हृदयघातका कारण हुने असमयको मृत्युको जोखिम नबढाउने बताएका छन् । एक नयाँ अध्ययनमा दुग्ध पदार्थ र मुटुको रोगमा कुनै सम्बन्ध नदेखिएको भनिएको छ । अनुसन्धानकर्ताहरूले बरू दूधको चिल्लोले गम्भीर हृदयघातबाट सुरक्षा दिने बताए । अमेरिकाको टेक्सास विश्वविद्यालयका सहायक प्राध्यापक मार्सिया ओटोले यो अध्ययनबाट वृद्धहरूमा दुग्ध पदार्थले हृदयरोग दिलाउने कुरा गलत प्रमाणित गरेको बताए । यस अध्ययनमा २२ वर्षसम्म दुग्ध पदार्थमा भएको चिल्लोयुक्त अम्ल र मुटुरोग वा मृत्युकारक सम्बन्ध हेर्नका लागि अनेकौं बायोमार्करहरूको अध्ययन गरियो । कुनै पनि मेसमा उक्त अम्लको मृत्युदरसँग खास सम्बन्ध देखिएन । यो अध्ययन अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसन नामक पत्रिकामा प्रकाशित भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?