आनीलाई प्रयोग गरेर बम्जनमाथि बलात्कारको आरोप लगाइएको स्पष्टीकरण


बाराको बोधी श्रवण धर्म सङ्घले महासम्बोधी धर्मगुरुमाथि लागेको बलात्कारको आरोप निराधार, कपोकल्पित र भ्रामक भएको भन्दै खण्डन गरेको छ । यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष एवम् पूर्वमन्त्री मणि लामाले गुरुमाथि लागेको आरोपको सरकारले निष्पक्ष छानबिन गर्नुपर्ने बताउनुभयो । मानव अधिकारको नाममा गुरुबाट हुनै नसक्ने यस्तो आरोप लगाएर अमानवीय काम गरिएको बताउँदै अध्यक्ष लामाले यस्तो निराधार आरोप लगाएर नेपालमा धार्मिक सद्भाव खल्बल्याउन खोजिरहेकोतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गर्नुभयो । केही दिनअघि रामबहआदुर बम्जनमाथि बलात्कार गरेको आरोप एक भिक्षुणीले लगाएकी थिइन् ।
सङ्घका सहसचिव केवल लामाले जारी गर्नुभएको विज्ञप्तिमा बोधी श्रवण धर्म सङ्घका गुरुमाथि धर्मशीलपालना गर्न नसकी गुरु आश्रम (मैत्री काजुक्पा)बाट बाहिरनु परेका आनीलाई हतियार बनाएर बलात्कारको आरोप लगाउने कोसिस भएको उल्लेख गर्नुभएको छ । सङ्घका पूर्वअध्यक्ष कमानसिंह लामाले गङ्गाका बुबा महात्मा गुरु रणे मोक्तानले छोरीले गुरुमाथि लगाएको आरोप झुठो र कपोकल्पित भएको स्पष्ट पार्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?