फेरि मुस्ताङ लगिदैछ गुन्डा नाइके समीरमान बस्नेतलाई ?


काठमाडौंमा जेलभित्र बसेर नै धम्काउने, ठेक्का पट्टामा आफ्नो प्रभाव पार्ने लगायतका गतिविधि गर्न थालेपछि मुस्ताङ सरुवा गर्न लागिएका गुन्डा नाईके समीरमान बस्नेतका आफन्तले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको छ । यससँगै फेरि उनलाई काठमाडौं बाहिर लैजानका लागि प्रहरीलाई सहज भएको छ । प्रहरीले अहिले भने उनलाई गोलघरमा राखेको छ । गोलघरमा मुख्यत खतरनाक कैदीहरुलाई अरुको सम्पर्क हुनबाट रौक्नका लागि राख्ने गरिन्छ । सर्वोच्च अदालतले गुण्डाका नाइके समीरमान बस्नेतलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदन खारेज गरेको अवस्थामा अब प्रहरीको कदमको प्रतिक्षा छ । प्रहरीले ईन्काउन्टर गर्न लागेको भन्दै प्रिवारले अदालत गुहारेको थियो ।
न्यायाधीश शारदाप्रसाद घिमिरे र ईश्वर खतिवडाको संयुक्त इजलासले आज बस्नेतलाई थुनामुक्त गर्न दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदन खारेज गर्ने आदेश दिएको हो । यही असोज १७ गते न्यायाधीश दीपकराज जोशीको एकल इजलासले बस्नेतलाई सूचना पाएको तीन दिनभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश जारी गरेको थियो ।
सोही आदेशानुसार सर्वोच्च अदालतमा उपस्थित भएपछि बस्नेतको निवेदन खारेज गरेको हो । ललितपुरस्थित नख्खु कारागारमा रहेका बस्नेतलाई मुस्ताङ कारागार पठाइएको थियो । बस्नेतलाई गैरकानूनी रुपमा थुनामा राखेको उल्लेख गर्दै सुधीरमानसिंह बस्नेतले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गर्नुभएको थियो । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरद गौचनको हत्या आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले भारतबाट पक्राउ गरेर गत मङ्सिरमा सार्वजनिक गरेपछि बस्नेतलाई थुनामा रोखेको थियो । गौचनको गत असोज २३ गते काठमाडौँको बानेश्वरस्थित शान्तिनगरमा गोली हानी हत्या भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?