निर्मला पन्तको बलात्कारपछि हत्या काण्डको अनुसन्धानमा लापर्वाही ठहर, एसपी विष्ट र ईन्सपेक्टर भट्ट बर्खास्त


प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई बर्खास्त गरेको छ । गृह मन्त्रालयस्तरीय निर्णयबाट उनीहरुलाई अयोग्य नहुने गरी बर्खास्त गरेको हो । प्रहरी ऐन अनुसार इन्सपेक्टरदेखि एसपीसम्मको बर्खास्ती गर्ने अधिकार प्रहरी महानरीक्षकको सिफारिसमा गृहसचिवले गर्ने प्रावधान छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बखाृस्तीको पुष्टि गरेका छन् ।
निर्मला पन्तको बलात्कार पछि हत्या घटनाको अनुसन्धानमा गम्भीर लापरवाहीको आरोप खेपिरहेका एसपी विष्ट र इन्सपेक्टर भट्टलाई गृह मन्त्रालयले बुधबार दोस्रो पत्र काटेको थियो। गृह मन्त्रालयले ुतपाईंलाई कारबाही किन नगर्नेरुु भन्दै मागेको स्पष्टीकरणको लिखित जवाफ एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टले दिएका थिए। दुवैले आफूलाई कारबाही गर्नु नपर्नाका कारण सहितको जवाफ प्रहरी प्रधान कार्यालयको सचिवालयमा बुझाएका थिए। तर मन्त्रालयले उनीहरुको जवाफ चित्त बुझ्दो नभएको भन्दै बर्खास्तको लागि सिफारिश गरिएको हो।
एसपी र इन्सपेक्टरमाथि कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको छानबिनमा गम्भीर लापरवाही गरेको आरोप छ। कारागार व्यवस्था विभागका महानिर्देशक हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय छानविन समितिले उनीहरुले पदीय जिम्मेवारी अनुरुप भूमिका निर्वाह नगरेको र घटनापछिको अनुसन्धानका क्रममा श्रृंखलावद्ध त्रुटी गरेको र प्रमाणहरु नष्ट गरेको भन्दै विभागीय कारबाहीको सिफारिस गरेको थियो।
गत साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका९१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको बलात्कार पछि हत्या भएपनि उक्त घटनाका मुख्य अभियुक्त अहिलेसम पक्राउ पर्न सकेका छैनन्। उक्त घटनामा संग्लनहरुको पहिचान गर्ने भन्दै गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयल फरक–फरक टोली बनाएपनि घटनाको सत्यतथ्य खुल्न सकेको छैन।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?