दुई हजार डलर राशीको बिमएमडब्लू कप क्रिकेटको उपाधि सगरमाथा क्रिकेट क्लबलाई !
करिब दुई महिनादेखि सञ्चालित बिएमडब्लू कप क्रिकेटको उपाधि सगरमाथा क्रिकेट क्लबले जितेको छ । आईतबार भएको फाईनल प्रतिस्पर्धामा रोयल राईनोज क्रिकेट क्लबलाई ४ रनले पराजित गर्दै उपाधिमाथि सगरमाथाले कब्जा जमाएको हो । टस जितेर फिल्ड रोजेको रोयल राईनोजलाई १ सय २८ रनको चुनौती दिएको सगरमाथा क्लबलाई पछ्याउँदै रोयल राईनोजले २० ओभरमा मात्र १ सय २४ रन बनाउन सकेको थियो । प्रतिस्पर्धामा म्यान अफ द म्याच रोयल राईनोज क्रिकेट क्लबका पुकार भण्डारी घोषित भए । उनले मात्र १६ रन खर्चेर ४ विकेट लिएका थिए । प्रतियोगिताको वेष्ट व्याट्सम्यान सुनम गौतम बन्न सफल भए उनले एकै ईलिंगमा २ सय २ रन बनाएका थिए । उनी एक्सपर्ट क्रिकेट क्लबका क्याप्टेन हुन् । बेष्ट बलर सुनोद श्रेष्ठ, बेष्ट फिल्डर निरज श्रेष्ठ, बेष्ट विकेटकिपर आशिष जिसी, म्यान अफ द सिरिज चाँद श्रेष्ठ, क्याच अफ द टुर्नामेन्ट नारेकिंग्सका शिशिरको घोषित भयो । प्रतियोगितापछि आयोजना गरिएको पुरस्कार वितरण समारोहमा प्रमुख अतिथिको रुपमा भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन सहभागी थिए । उनले खेलको माध्यमबाट समूदायलाई एकताबद्ध गर्नुका साथै आफ्नै स्वास्थ्यमा समेत प्रगति हासिल गर्न सकिने भएकोले सबैले प्रोत्साहन दिनुपर्ने धारणा राखेका थिए । अतिथिको रुपमा बिएमडब्लू एजुकेशनल कन्सल्टेन्सीका निर्देशक मणि सिलवाल सिड्नीबाट सहभागी हुन आएका थिए । उनले नेपाली समूदायमा क्रिकेटलाई माया गर्ने युवाहरुको क्षमता अभिबृद्धि गर्नका लागि प्रतियोगिता आयोजना गरिएको धारणा राखे । आगामी दिनमा अझ राम्रो खेलाडी नेपाली समूदायमा आउन सकुन् भन्ने नको कामना थियो । यसैगरी आयोजक कमिटीको तर्फबाट बोल्दै बिएमडब्लू मेलबर्नका विष्णु सापकोटाले यहाँको प्रतिष्ठित प्रतियोगिताहरुमा समेत नेपाली खेलाडीहरुलाई पुग्न सकुन् भन्ने शुभकामना दिएका थिए । प्रतियोगिताको आयोजना रोयल राईनोज क्रिकेट क्लबले गरेको हो भने यसको व्यवस्थापन भिक्टोरियन नेप्लीज क्रिकेट एशोसिएसनले गरेको थियो । विजयी टिमले २ हजार डलर पुरस्कारका साथै ट्रफी र प्रमाणपत्र पाएको थियो ।