पत्नी सीताको उपचारका लागि म्याग्दी पुगे प्रचण्ड, तातोनी कुण्डमा विताए दुई घण्टा
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्ड यतिबेला परिवारलाई धेरै समय दिइरहेका छन् । छोरा प्रकाशको निधनपछि विक्षिप्त अवस्थामा रहेकी पत्नी सीतालाई ढाडस दिन उनले कुनै कसर बाँकी राखेका छैनन् । गरमागरम राजनीतिका बिचमा दुई साताभन्दा लामो समय व्यांककमा बसेर उपचार गराएका उनले वाटर थेरापीकै लागि म्याग्दीको भ्रमण गरेका छन् । म्याग्दीको तातोपानी कुण्डमा नुहाउँदा यस किसिमको रोगको उपचार सम्भव भएको केहीले बताएपछि उनी त्यसतर्फ लागेका थिए । यस पटक गृहमन्त्री बादल पनि टोलीमा थिए । करिब २४ जनाको टोलीमा थापा र प्रचण्ड परिवारका सदस्यहरु धेरै थिए । म्याग्दीको तातोपानी कुण्डमा प्रचण्डले करिब दुई घण्टा बिताएको उनको सचिवालय श्रोतले जनाएको छ । यस्तै प्रचण्डले स्थानयि कार्यकर्ताहरुसँग पनि कुराकानी गरेका छन् । सचिवालयले सार्वजनिक गरेको फोटोमा आमा सीता दाहाललाई छोरी गंगा दाहालले एक्सरसाईज गराइरहेको देख्न सकिन्छ भने प्रचण्ड र रामबहादुर थापा तातोपानीमा डुबेर आनन्द लिइरहेको देखिएको छ । गृहमन्त्री थापा भने एक सरकारी कामकै सिलसिलमा म्याग्दी पुगेका हुन् । यही मेसोमा प्रचण्डको भ्रमण पनि मिलाइएको अनुमान गर्न गाह्रो छैन ।