क्रिकेटर सन्दीपलाई पूर्ण छात्रवृत्ति
नेपालका चर्चित युवा क्रिकेटर सन्दीप लामिछानेले खेलसँगै पढाइलाई पनि सँगै लाने भन्दै कलेज भर्नाका लागि फारम परेका छन् । उनलाई बौद्धस्थित जेभियर इन्टरनेसनल कलेजले पूर्ण छात्रवृत्ति दिने भएको छ । उक्त कलेजमा सन्दीपले मानविकी संकायअन्तर्गत बीएसडब्लु (ब्याचलर इन सोसल वर्क) विषय पढ््ने भएका छन् ।
कलेजका अनुसार राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रियस्तरमा चर्चित युवा क्रिकेटर सन्दीप मंगलबार बिहान आफैं कलेज पुगेर भर्ना फारम भरेका हुन् । कलेजले उनलाई तीन वर्षे कोर्सका लागि पूर्णछात्रवृत्ति दिएको कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले बताएका छन् । सन्दीप जेभियर इन्टरनेसनल स्कुल र कलेजका ब्रान्ड एम्बासडरसमेत हुन् ।
सन्दीपले खेल क्षेत्रमार्फत देशको इज्जत बढाएकाले उनलाई सम्मानस्वरुप पूर्ण छात्रवृत्ति प्रदान गरिएको भण्डारीले बताए । उनले क्रिकेटसँगै पढाइलाई पनि अगाडि बढाउने भन्दै कलेज भर्ना भएको बताए । खेल नभएको बेला कलेज आउँछु र राम्रोसित पढ्छु, उनले भने, ‘मेरो पहिलो प्राथमिकता क्रिकेट नै हो, तर पढाइलाई समय दिने विचार गरेको छु ।’