ईपीएल फाइनमा ललितपुर र भैरहवा भिड्दै


विजेताले २५ रुपैयाँ पुरस्कार पाउने

 

टीभीएस एभरेस्ट प्रिमियर लिग क्रिकेटको फाइनल शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा ग्ल्याडिएटर्स र ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको ललितपुर प्याट्रियट्ससँग भिड्दै छ ।


दोस्रो क्वालिफायरमा भैरहवाले काठमाडौं किंग्स ११ लाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । पहिलो क्वालिफायरमा पाटनले काठमाडौंलाई जितेर फाइनलको मौका पाएको हो ।
लिग चरणमा सुरुवाती ३ खेल जितेर बाँकी दुई खेलमा पराजित भैरहवा पुनः लयमा फर्किएको छ । भैरहवाले बुधबार इलिमिनेटरमा चितवन टाइगर्सलाई हराएको थियो । क्वालिफायर २ मा भने उसले काठमाडौं किंग्स माथि ४ विकेटको जित हात पारेको हो ।
लिगमा शीर्ष दुई स्थानमा रहेपछि दुवै क्वालिफायर खेलेर पनि काठमाडौंको फाइनल पुग्न सकेन । काठमाडौंले पहिलो क्वालिफायरमा ललितपुरसँग १ विकेटको पराजय बेहोरेको थियो ।
दोस्रो क्वालिफायरमा त्रिवि क्रिकेट मैदानमा १ सय १ रनको लक्ष्य पाएको भैरहवाले १७ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।
झन्डै २ साता अघि सुरु फ्रेन्चाइज क्रिकेटको फाइनलमा शनिबार सकिँदैछ । नेपालकै सर्वाधिक ठूलो पुरस्कार राशि दाबी गरिएको प्रतियोगिता ईपीएल विजेताले २५ लाख रुपैयाँ नगद प्राप्त गर्ने छ । यस्तै दोस्रो हुने टिमले १० लाख नगद प्राप्त गर्ने लिग चरणको खेल सकिएको दिन घोषणा गरिएको थियो ।


आयोजक ईपीएल प्रालिले नेपाली क्रिकेट र ईपीएलका सरोकारवालासँगको सल्लाहमा पुरस्कार रकम घोषणा गरेको बताएको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडीले टीभीएस मोटरसाइकल पुरस्कार पाउनेछन् ।
यसपल्ट लिग चरणका खेलमा ६० हजार दर्शकले कीर्तिपुर रंगशालामा प्रत्यक्ष खेल हेरेको र टेलिभिजनमार्फत विश्वभरका ३० लाखभन्दा बढी दर्शकले हेरेको भन्दै नेपालकै ठूलो खेलकुद प्रतियोगिता दाबी आयोजकको छ । तर पुरस्कार राशि कुलका हिसाबले भने अन्य दुई फ्रेन्चाइज प्रतियोगिताको भन्दा कम छ ।
ईपीएलको गत वर्ष विजेताले २१ लाख पाएको थियो । कात्तिकमा पोखरामा सम्पन्न पोखरा प्रिमियर लिगमा विजेताले २७ लाख पाएको थियो भने धनगढी प्रिमियर लिग विजेतालाई पनि २५ लाख रुपैयाँ पुरस्कार दिइएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?