सफल कम्तान शरद


शरद भेषावकरको कप्तानमा रहेको भैरहवा ग्ल्याडिएटर्स टीभीएस इपीएलको जित नजिक पुगेको छ । टिमलाई फाइनलमा पुर्‍याउँदै शरदले यो यात्रालाई निरन्तरता दिएका छन् ।


राष्ट्रिय टिमको अहिलेसम्म कप्तानी नपाएका उनले घरेलु क्रिकेटमा भने सफलताको रणनीति बुन्न खप्पिस मानिएका छन् । घरेलु क्रिकेटमा यो सातौं फ्रेन्चाइज प्रतियोगिता हो । जसमा शरद यो पटकको गरी छैटौंपटक फाइनल खेल्दै छन् । एकपटक उनले उनी कुनै खेलेमा सहभागी भएनन् ।
घरेलु टवान्टी–२० मा मुख्य गरी ईपीएल, धनगढी प्रिमियर लिग (डीपीएल) र पोखरा प्रिमियर लिग (पीपीएल) तीन प्रतियोगिता छन् । ४ वर्षअघि धनगढीमा वान–डे संरचनाको नेपाल प्रिमियर लिग भयो । शरदको पञ्चकन्या तेज च्याम्पियन बन्यो । त्यसको अर्को वर्ष कर्पोरेट हाउसहरुको टिम समावेश गरी खेलाइएको ट्वान्टी–२० संरचनाको ईपीएल पनि शरदको नेतृत्व पाएको पञ्चकन्या तेजले नै जित्यो ।
गत वर्षको ईपीएलमा शरदले नेतृत्व गरेको भैरहवा ग्ल्याडिएटर्सले फाइनलमा विराटनगर वारियर्ससँग १ रनको हार ब्यहोर्‍यो । डीपीएलको पहिलो संस्करणमा शरदको कप्तानीमा विराटनगर किंग्स फाइनलमा पराजित भयो । दोस्रो संस्करण उनले पारिवारिक कारणले खेलेनन् । पोखरा प्रिमियर लिगमा पोखरा पल्टनको नेतृत्व गरेका शरदले पहिलो संस्करणको उपाधि जिते । शनिबार हुने फाइनलमा भैरहवाले ललितपुर प्याट्रियट्ससँग प्रतिस्पर्धा गर्नेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?