अष्ट्रेलियामा रोमाञ्चक बन्दै सन्दिपको खेल, होबार्ट हुरिकेन्सविरुद्धको दोश्रा खेलमा तीन विकेट झारे


नोपली क्रिकेट स्टार सन्दिप लामिछानेले आफ्नो रोमाञ्चक खेलको जादू जारी राखेका छन् । अष्ट्रेलियाको बिग बास लिगमा दोश्रो खेलमा मैदानमा उत्रिएका उनले तीन विकेट लिने सफलता पाएका छन् । होबार्ट हुरिकेन्स विरुद्ध उत्रिएको मेलबर्न स्टार्सका तर्फबाट उनले सोमबार भएको खेलमा एलेक्स डोलान, ओपनर म्याथ्यु वाडे र म्याक डोरिमेटलाई पभेलियन फर्काइदिएका थिए । उनको प्रदशृन राम्रो भएपनि उनको टिमले भने बिग बासमा दोश्रो हार व्यहोरेको छ । तेश्रो खेल सिड्नी सिक्सर्स विरुद्ध २७ डिसेम्बरमा छ । मेलबर्न स्टार्सले १ सय ५६ रनको लक्ष्य दिएकोमा होबर्ट हुरिकेन्सले ६ विकेटको जीत निकालेको हो । खेल हेर्नका लागि १० हजार दर्शक स्टेडियम पुगेका थिए ।
२०१८ जनवरीमा सन्दीपलाई दिल्लीले उनको आधारमुल्य २० लाख भारतीय रुपैयामा लिएको थियो। उनी भारतइि प्रिमियर लिगमा खेल्ने पहिलो नेपाली खेलाडी बन्न पुगे । मार्चमा उनी वेस्टइण्डिजको क्यारिबियन प्रिमियर लिगका लागि सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स टोलीसँग अनुबन्धित भए। त्यसपछि उनले जुनमा मोन्ट्रोलियर टाइगर्सबाट ग्लोबल क्यानडा टी–२० खेले। जसको पाँच खेलमा उनले आठ विकेट लिएका थिए । सेप्टेम्बरमा उनी अफगानिस्तान प्रिमियर लिगको पहिलो संस्करणका लागि नाग्राहार टोलीसँग अनुबन्धित भए भने अक्टोबरमा बिगबास र त्यही महिना बंगलादेश प्रिमियर लिगका लागि सिलेट सिक्सर क्लबसँग अनुबन्धित भए। सन्दीपलाई आइपिएल टोली दिल्ली क्यापिटलले नयाँ सिजनका लागि अनुबन्ध गरिसकेको छ भने नोभेम्बरमा मात्रै सन्दीप पाकिस्तानी सुपर लिगका पनि अनुबसन्धित भइसकेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?