नेपाली क्रिकेट टिम कप्तानसहित अस्ट्रेलियामा


तीनवटा टी–२० प्रदर्शन खेल खेल्ने

 

अष्ट्रेलियाको चर्चित क्रिकेट प्रतियोगिता विग वासमा नेपाली युव बलर सन्दीप लामिछाने चम्किरहेको बेला नेपाली टिमका कप्तान पारस खड्कासहित युवा ब्याटस्मेन दीपेन्द्रसिंह ऐरी र पूर्व क्रिकेटर सुवास प्रधान सोमबार राति अष्ट्रेलिया उडेका छन् ।


अस्ट्रेलियामा रहेका नेपाली क्रिकेटप्रेमी तथा विभिन्न संघसंस्थासँगको भेटघाट एवं अन्तरक्रिया गर्ने उद्देश्यले गएको टोलीले अष्ट्रेलियासँग नेपालको सम्बन्ध विस्तर गर्ने आस गरेको छ । उक्त टोली मेलबर्नमा डिसेम्बर ३० बाट हुने कार्यक्रममा सहभागी हुने छ । यस्तै जनवरी ५ र ६ मा मासिड्नी, जनवरी १० मा ब्रिसवेन र एडिलेडमा १२ तारिखमा नेपाली क्रिकेट टोली रहने छ । उनीहरुलाई अष्ट्रेलिया लग्ने एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजद्वारा आयोजित यी सबैमा तीनै क्रिकेटर सहभागी हुनेछन्  ।
नेपाली क्रिकेट कप्तान पारस एक्सपर्टका ब्रान्ड एम्बासडरसमेत हुन् । एक्सपर्टले फ्रेन्चाइज लिएको पोखरा प्रिमियर लिग (पीपीएल) मा दीपेन्द्रले एक्सपर्ट धनगढी ब्लुजबाट खेलेका थिए । यस्तै धनगढी ब्लुजका निर्देशक सुवास एक्सपर्टसँग जोडिएर पछिल्लो समय घरेलु क्रिकेटका विभिन्न प्रतियोगिता गरिरहेका छन् ।
एक्सपर्ट क्रिकेट फेस्टिभलका रुपमा अस्ट्रेलियामा हुने कार्यक्रमका लागि तीन क्रिकेट गएका हुन् । एक्सपर्टले अस्ट्रेलियामा क्रिकेट क्लबसमेत बनाएको छ । त्यसै क्लबअन्तर्गत रहेर नेपाली खेलाडीले तीन प्रदर्शनी खेल खेल्नेछ ।
एक्सपर्टका प्रबन्ध निर्देशक खेम संग्रौलाले नेपाली क्रिकेट प्रवद्र्धन गर्नु आफ्नो संस्थाको मुख्य उद्देश्य रहेको बताउँदै कप्तान पारससहितको टोलीले अस्ट्रेलिया भ्रमणबाट धेरै सिक्ने आशाले कार्यक्रम आयोजना गरेको बताएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?