एनआरएनलाई लाग्यो गम्भीर आरोप, विद्यार्थी किन आक्रोशित ?


समाचार टिप्पणी

हुनत सामाजिक सञ्जालमा धेरै मनका वह पोखिन्छन् । सबै मनका बहलाई सञ्चार माध्यमले ठाउँ दिनपर्छ भन्ने हेन । तर, केही विषय भने धेरैको ध्यान आकृष्ट गर्न सक्छन् । यस्तै विषय बनेको छ यतिबेला एनआरएन अष्ट्रेलियाको भूमिका र केही विद्यार्थीको आक्रोश । सिड्नीमा रहेका एक व्यक्तिले कन्फेसन अफ नेप्लीज ईन अष्ट्रेलिया नामक पेजमा एक स्ट्याटस लेखे ।

जहाँ उनले एनआरएनलाई विद्यार्थीहरुको मृत्युको बेलामा केही सहयोग नगरेको आरोप लगाइयो । यति मात्र होइन एनआरउनलाई अष्ट्रेलियामा रहेर पीआर पइसकेकोहरुको संसथा समेत भनिएको छ । अश्लिल गाली नै गर्दै लेखिएको यो पोष्टलाई विद्यार्थीहरुले शेयर गरिरहेका छन् भने एनआरएन विरोधीहरुले मसला त पाउने नै भए । एनआरएनका अभियन्ताहरु भने यतिबेला यो एक स्वयंसेवी संस्था भएकोले यसबाट बढी अपेक्षा गर्न नसकिने बरु सबैजना हातेमालो गरेर मात्रै अघि बढ्न सकिने बताइरहेका छन् । आर्थिक रुपमा सहयोग पनि गर्नु छ । अनि यस्तो गाली आएको भनेर केही एनआरएन अभियन्ताहरु त निकै चिन्तित पनि भएका छन् ।

उनीहरु पनि सामाजिक सञ्जाल मार्फत नै आफ्ना असन्तुष्टि पोखिरहेका छन् । यसै विषयमा हामीले एनआरउनका प्रवक्ता डिला खरेललाई साध्यौं, खासमा के हो त यो पछिल्लो विवाद । प्रवक्ता खरेल भन्छन्, “सामाजिक सञ्जालमा केही व्यक्तिले अनावश्इक कुरा लेख्दैमा केही हुन्न । हामीले विद्यार्थीका लागि धेरै गरेका छौं । चर्चामा आउनका लागि, आफ्नो सक्रियता देखाउनका लागि गरेको हो भने भिन्दै कुरा । हामीले विद्यार्थीका लागि काम गरिरहेका संस्थासँग मिलेर पनि काम गरेका छौं । उनीहरुलाइ सहयोग पनि गरेका छौं । तर, यो कुरालाई नबुझेर नै एनआरएनले केही गरेन भन्ने आरोप लगाउनु तर्कसँग हैन जस्तो लाग्छ । हामी अझै पनि विद्यार्थीसहित सबै नेपालीका लागि काम गर्न चाहन्छौं । तर, हाम्रो सदासयतालाई अन्यथा रुपमा लिइदिन हुँदैन भन्ने मेरो आग्रह हो ।”

केही विश्लेषकहरुले भने यो अहिलेको प्रहारलाई आगामी चुनावसँग पनि जोडेर हेरेका छन् । उनीहरुको ठम्याईमा चुनावमा उम्मेद्वार हुनका लागि या अर्को संस्था खोलेर त्यसमा विद्यार्थीहरुलाई आकर्षित गर्नका लागि यो सबै गरिएको हो । विद्यार्थीलाई आपत पर्दा ज्यान तलमाथि हुँदा २ हजार डलरसम्म सहयोग गरेको एनआरएनको ईतिहास छ । यस्तै फन्डरेजिंग गरेर लाखौं डलर उठाईदिएको पनि उदाहरण खोज्न धेरै टाढा जान पर्दैन । तर, किन अझैं पनि किन भनिँदैछ त “फ…..फ एनआरएन” । यो भने गम्भीर चिन्ताको विषय बनेको छ । कतै एनआरएनले आफैंले गरेका कामहरु सबैमाझ लैजान नसकेको पो हो कि ?

सबैभन्दा अचम्म लाग्ने कुरा त के छ भने नेपाल फेष्टिभल जस्तो पूरै समूदाय नै एकै ठाउँमा आएर सफल बनाएको कार्यक्रम अनि नेपाली कला, संस्कृति र खाना, संगीतको प्रबद्र्धन गरेको कार्यक्रमका बारेमा समेत आक्रोश आखिर के का लागि ?

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?