एआईबिटीले भन्यो, तत्कालै बाँकी फि तिर्न पर्दैन, समस्या सल्टिएपछि थप अपडेट


समस्याग्रस्त अष्ट्रेलियन ईन्ष्च्यिुट अफ विजनेस टेक्नोलोजीले त्यहाँ पढ्ने नर्सिङ विद्यार्थीहरुले बाँकी रहेको फि तत्कालै तिर्न नपर्ने जनाएको छ । एमएनटीभीलाई प्राप्त एक ईमेलमा कलेजका उच्च तहका एक अधिकारीले शुक्रबार विद्यार्थीहरुलाई यसअघि फि तिर्नका लागि पठाइएको ईमेललाई ध्यान नदिन र यो समस्या समाधान भइसकेपछि मात्रै फि को विषयमा थप अपडेट गरिने कलेजले जनाएको छ । 

“To rectify this, we will send an email to all nursing students tomorrow to let them know that we will not after the outstanding fee until their situation is resolved, hence, the reminder email or text messages they have received previously shall be ignored.” – AIBT College – Sydney

समस्या समाधानको लागि कलेज एकदमै तत्पर रहेको र यसका विषयमा सम्बन्धित निकायहरुसँग सम्पर्कमै रहेको जनाएको छ । शुल्क तिर्नका लािग हालै गरिएका ईमेलहरु सिष्टम जेनेरेटेड भएको पनि उसले स्पष्टीकरण दिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?