चीनको ५ वटा विमानस्थल नेपाली विमानका लागि खुला, वायुसेवामा नयाँ फड्को
चीनले आफ्ना थप ८ विमानस्थल नेपालका लागि खुला गरेको छ । योसँगै चीनले १५ वटा विमानस्थल नेपाली विमानका लागि खुला गरेको हो । चीनले यसअघि ७ वटा विमानस्थल नेपालका लागि खुला गरेको थियो ।
चीनको बेइजिङमा बिहीबार र शुक्रबार भएको द्विपक्षीय वार्तापछि सम्झौता पुनरावलोकन भएको हो । नेपालको तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वमा गएको टोलीले सम्झौता पुनरावलोकनमा हस्ताक्षर गरेको हो । संझौता पुनरावलोकन दुबै देशका वायुसेवा कम्पनीले सातामा ७० उडान गर्न पाउने प्रावधानलाई लम्ब्याएर ९८ पु¥याइएको छ ।
द्धिपक्षीय वार्ताका क्रममा चीनले नेपाली कम्पनीलाई यथाशक्य उडान बिस्तारमा सहजिकरणको प्रतिवद्धतासमेत व्यक्त गरेको छ ।