नेपालमा नाकाबन्दीको सूत्रधारमध्ये एक भारतीय पूर्वविदेशमन्त्री सुष्मा स्वराजको निधन
भारतीय पूर्वविदेशमन्त्री सुष्मा स्वराजको निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको सत्तारुढ भारतीय जनता पार्टीले जनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उपचारको क्रममा अल इण्डिया इन्सिच्युट अफ मेडिकल साइन्समा स्वराजको मंगलबार राति ६७ वर्षको उमेरमा निधन भएको हो।
मंगलबार साँझ एक्कासी हृदयघात भएपछि उनलाई अस्पताल लगिएको थियो। अस्पतालमा स्वराजका श्रीमान तथा परिवारका सदस्यहरु तथा भाजपाका नेताहरु उपस्थित छन्। भारतीय कंग्रेसले ट्वीट गर्दै स्वराजको निधनमा शोक व्यक्त गरेको छ। सुष्मा स्वराज तिनै नेता हुन् जसले नेपालमा नाकाबन्दी लगाउने कार्यमा प्रमुख भूमिका निर्वाह गरेकी थिइन् । उनले त्यसबेला संसदमा बोलेको कुरा अहिले पनि चर्चाकै शिखरमा छ । उनले नै भारतीय विदेशसचिव हालका विदेशमन्त्रीलाई नेपालमा पठाएर संविधान घोषणाको कार्य रोक्नका लागि दबाब दिएकी थिइन् । उनको सन्देश लिएर आएका विदेशसचिवले उच्च नेपाली नेतृत्वलाई धम्की दिनुका साथै यदि संविधान जारी भए यसले ठीक नहुने बताएका थिए । छिमेकी देशकी पूर्वविदेशमन्त्रीलाई हार्दिक श्रद्धाञ्जली ।
Watch Video :