सिडनीमा थारू समुदायको दोस्रो माघी मेला हुदै !


थारू समुदायको माघी पर्व सिड्नीमा फेरी दोस्रो पटक विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाउने भएका छन् । जनवरी १५ तारिख बुधवार को दिन थारू सोसाईटी सिडनी अस्ट्रेलियाको आयोजनामा माघी पर्व हर्षोल्लासका साथ मनाउने तयारी भईरहेको सोसाईटीका पब्लिक अफिसर अरुण चौधरीले जानकारी दिए ।

न्यु साउथ वेल्सको टेम्पेपार्कमा जनवरी १५ मा हुन गइरहेको माघी पर्वमा थारू संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम र थारू परिकारहरु समेत राखिने चौधरीले बताएका छन् ।

सिड्नीमा माघी मेला मनाउन गएको वर्षदेखि सुरु गरिएको हो । थारू समुदायका विभिन्न धार्मिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक मूल्य मान्यताहरू जोडिएको माघी पर्वको महत्त्वलाई विदेशी भूमिमा पनि दर्साउने हेतुले अस्ट्रेलियामा पनि माघी महोत्सव मनाउन लागिएको अफिसर चौधरीले जनाएको छ।
पौष महिनाको अन्तिम दिन र माघ महिनाको पहिलो दिनलाई विशेष गरी मनाइने यो पर्व नेपालका थारू समुदायको प्रमुख चाड हो।
२४ औं विश्व आदिवासी दिबसको अवसर पारेर ९ अगस्ट ,२०१८ मा दीपनारायण चौधरीको अध्यक्षतामा थारू सोसाईटी सिडनी अष्ट्रेलिया गठन भएको हो

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?