नेपालमा हालसम्म दुई लाख ५७ हजार ९६२ जनाको परीक्षण, थप एकको मृत्यु, ३१४ मा सङ्क्रमण
सरकारले हालसम्म जम्मा दुई लाख ५७ हजार ९६२ जनाको कोभिड–१९ परीक्षण गरेको छ । यो सङ्ख्या पिसीआर र आरडिटी विधिबाट गरिएको कूल परीक्षणको सङ्ख्या भएको मन्त्रालयले जानकारी दिएको छ । पिसीआर विधिबाट कूल एक लाख ९७१ व्यक्तिको परीक्षण गरिएको छ भने आरडिटीबाट एक लाख ५६ हजार ९९१ व्यक्तिको परीक्षण गरिएको आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो । गत २४ घण्टामा पिसीआर विधिबाट चार हजार ७६६ र आरडिटी विधिबाट ११ हजार ९४२ गरी जम्मा १६ हजार ७०८ परीक्षण सम्पन्न भएको छ । हाल सातै प्रदेशमा गरी एक लाख ६६ हजार ६६८ जना क्वारेन्टिनमा रहेका छन् ।
सरकारले प्रयोगशालाको दायरा बढाउन गजेन्द्रनारायण प्रादेशिक अस्पताल राजविराजमा प्रयोगशालाको स्थापना भएको छ । अब सोही अस्पतालबाट पीसीआर परीक्षण हुनेछ । यससँगै देशभरमा प्रयोगशालाको सङ्ख्या २१ पुगेको छ । विभिन्न अस्पतालका आइसोलेशनमा कूल तीन हजार २६० व्यक्ति उपचाररत रहेको डा गौतमले जानकारी दिनुभयो ।
कोभिड–१९ का सङ्क्रमित उपचारपछि डिस्चार्ज हुनेको सङ्ख्या आज २१ जना रहेको छ । यीमध्ये २० जना पुरुष र एक जना महिला छन् । आज डिस्चार्ज हुनेमा सबै १३ देखि ५२ वर्षसम्मका छन् । बाँकेस्थित खजुराबाट नारयणापुरका २० जना पुरुष डिस्चार्ज भएका छन् । उहाँहरु १५ देखि २० दिनमा डिस्चार्ज हुनुभएको हो ।
कोभिड–१९ युनिफाइड अस्पतालबाट २३ वर्षिया महिला पाँचौँ दिनमा अस्पताबाट डिस्चार्ज हुनुभएको छ । यससँगै अहिलेसम्म ४८८ जनाले कोभिड–१९ लाई जितेका छन् । तीमध्ये ४१९ पुरुष र ६९ महिला छन् । कोभिड–१९ का सङ्क्रमित दिनहँु बढिरहे पनि निको भएर घर फर्कनेका सङ्ख्या पनि क्रमिक रूपमा बढ्दै गएको छ । आइतबार मात्रै एकै दिन १०२ जनाको कोभिड–१९ जितेर घर फर्केका थिए ।
थप एकको मृत्यु, ३१४ मा सङ्क्रमण
कोभिड–१९ सङ्क्रमणबाट एक जनाको निधन भएको छ । स्याङ्जा वालिङ नगरपालिका–३ घर भएका ५८ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँको मृत्यु भएसँगै अहिलेसम्म १४ जना कोभिड–१९ को कारणले मृत्यु भएका छन् । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा क्रममा ३१४ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये २९४ जना पुरुष र २० जना महिला रहेका छन् । आज देखिएका सङ्क्रमितसँगै जम्मा सङ्क्रमितको सङ्ख्या तीन हजार ७६२ जना रहेको छ । यसमा पुरुषको सङ्ख्या तीन हजार ५०६ र महिला २५६ रहेका छन् ।
यसैगरी आज २१ जना कोभिड–१९ सङ्क्रमणबाट निको भई घर फर्किएको सो अवसरमा जानकारी दिइयो । उनीहरुमध्ये बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २० जना र कोभिड–१९ युनिफाइड अस्पतालबाट एक जना डिस्चार्ज भएका छन् । क्यान्सर अस्पतालबाट डिस्चार्ज हुने सबै बाँके नरैनापुरका १३ वर्षदेखि ५२ वर्षका पुरुष १५आँै दिनदेखि २०औँ दिनमा भएका छन् । यस्तै युनिफाइड अस्पतालबाट एक जना २३ वर्षकी महिला ५ दिनमा डिस्चार्ज भएकी हुन् । यसरी आज डिस्चार्ज हुनेसँगै अहिलेसम्म ४८८ जना डिस्चार्ज भएका छन् ।