अख्तियारमा छिर्‍योे कोरोना : १५ जना कर्मचारीमा संक्रमण पुष्टि !


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीहरुमा गरिएको कोरोना परीक्षणमा १५ जनामा पोजिटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पीसीआर परीक्षणका लागि आइतबार अख्तियार परिसरमा स्वाब संकलन गरेको थियो ।

१ सय ८२ जनाको स्वाब संकलन गरिएकोमा १५ जनामा संक्रमण देखिएको हो । महाशाखाका महानिर्देशक डा. वासुदेव पाण्डेका अनुसार संक्रमण देखिएकामा अख्तियारमा कार्यरत सुरक्षाकर्मीको संख्या धेरै छ । हामीले पाएको प्रारम्भिक जानकारी अनुसार १५ जनामा संक्रमण देखिएको छ । अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार, स्वाब परिक्षणका लागि दिइएको भएपनि त्यसको नतिजा आएकोबारे औपचारिक जानकारी नआएको बताए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?