सप्तरीमा कोरोनाको आशंका गरिएका तीन जनाको मृत्यु !


सप्तरीमा कोरोना भाइरस जस्तै लक्षण देखिएका तीनजना बिरामीको मृत्यु भएको छ । दीर्घ रोगी रहेका सप्तरीको राजगढा गाउँपालिकाका ७१ वर्षीय र डाक्नेश्वरी नगरपालिका–९ का ७४ वर्षीय वृद्धको उपचाको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ ।

विभिन्न रोगका सिकायत रहेका दुवैजना दीर्घ रोगी थिए । श्वास फेर्न गाह्रो भएपछि दुवैलाई अस्पताल भर्ना गरिएको थियो । पीसीआर रिपोर्ट आएपछि मात्र शव व्यवस्थापन गरिने स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

यस्तै १५ दिन अघि मलेसियाबाट फर्केर होम क्वारेन्टिनमा बसिरहेका एक अर्का ४५ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । रुपनी गाउँपालिका–५ घढियाका ती पुरुषलाई एक्कासी ज्वरो र श्वास फेर्न गाह्रो भएपछि मंगलबार राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा भर्ना गरिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि धरान स्थित विपी कोइराला विज्ञान प्रतिष्ठान धराना लग्दै गर्दा बाटोमै मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । ती व्यक्तिमा पनि कोरोनाको लक्षणदेखिएकोले स्वाब संकलनको काम भइरहेको र रिपोर्ट आएपछि मात्र उनको शव व्यवस्थापन गर्ने जनाइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?