नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुग्यो !


नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६३ पुगेको छ । बुधबार साँझ बलम्वुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारत एक कोरोना संक्रमित मृत्यु भएसँगै मृतकको संख्या ६३ पुगेको हो । सर्लाहीको मलंगवाकी ६५ वर्षीया वृद्धाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

निमोनिया र स्क्रबटाइफस भएपछि उपचारका लागि काठमाडौंको मनमोहन अस्पतालमा ल्याइएकोमा सो अस्पतालले ती वृद्धालाई साउन १६ गते कोरोना संक्रमण देखिएपछि कोरोना अस्पताल बलम्वु पठाएको थियो । उनको उपचारका क्रममा निधन भएको अस्पताल अस्पतालले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?