गोंगबुमा क्षत–विक्षत अवस्थामा सुटकेसमा भेटिएका व्यक्तिको पहिचान खुल्यो !
गोंगबु नजिकै टाउको काटिएको अवस्थामा दुई दिनअघि फेला परेको शवको पहिचान खुलेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार टाउको काटेर फालिएका ती व्यक्ति दाङका कृष्णबहादुर बोहोरा रहेको खुलेको हो । मृतक काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत रहेको खुलेको छ
टाउको काटेर सुटकेसभित्र शव राखिएको अवस्थामा फेला परेका उनको पहिचान नभएपछि प्रहरीले तस्बिर सार्वजनिक गरेको थियो । बोहोराको टाउको सुटकेश भन्दा केही पर फेला परेको थियो । सुटेकशमा शव भेटिए पनि टाउको खोज्न प्रहरीलाई कठिन भएको थियो । उक्त टाउको प्रहरीकै एउटा तालिमप्राप्त कुकुरले फेला पारेको थियो ।