५ लाखमा मुद्दा मिलाइदिने भन्दै ठगी गर्ने पत्रकार पक्राउ !


तस्बिर नेपालखबरबाट साभार

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरीलाई घुस दिन भन्दै रकम माग्ने साप्ताहि पत्रिकाका पत्रकार पक्राउ परेका छन् । सीआईबीको टोलीले धादिङको निलकण्ठ नगरपालिका १४ का ३६ वर्षीय शंकर प्रसाद अधिकारीलाई पक्राउ गरेको हो ।

अधिकारीले एक व्यक्तिलाई अख्तियारमा मुद्दा परेको छ, मुद्दा सदर भई पक्राउको लागि सीआईबीमा पत्राचार भइसकेको भन्दै डर देखाएका थिए । मुद्दा हेर्ने सीआईबीका प्रहरी निरीक्षकले ५ लाख रुपैयाँ दिए मुद्दा ढुस बनाउने नत्र कुनै पनि समयमा पक्राउ गर्छ भन्दै रकम अशुलेको पाइएको सीआईबीले जनाएको छ ।

आलोचना साप्ताहिक पत्रिकाको सम्वादाता बताउने अधिकारी तारकेश्वर नगरपालिका ११ मा डेरा गरी बस्छन् । बसुन्धाराबाट पक्राउ परेका अधिकारीले अन्य व्यक्तिलाई पनि गठेको हुन सक्ने सीआईबीक प्रमुख डीआईजी सहकुल थापाले बताए । थप अनुसन्धानका लागि महानगरीय प्रहरी बृत्त महाराजगन्ज पठाइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?