कोरोना भाइरसका कारण गायक एसपी सुब्रमन्यमको मृत्यु
एजेन्सी । भारतीय प्रसिद्ध गायक एसपी सुब्रमन्यमको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनी अगस्ट महिनामा नै अस्पताल भर्ना भएका थिए । उनको शुक्रबार दिउसो मृत्यु भएको हो ।
७४ वर्षीय महान पार्श्व गायक एसपी बालासुब्रमन्यमको शुक्रबार चेन्नईको निजी अस्पतालमा निधन भएको हो ।
कोरोना भाइरसको संक्रमण जटिल अवस्थामा पुगेपछि उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । सेप्टेम्बर ४ मा उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । तर पनि उनी भेन्टिलेटर मै थिए ।
बालासुब्रमन्यम भ्वाइस-ओभरका लागि पनि प्रख्यात थिए । उनी अभिनेता कमल हसनका लागि भ्वाइस-ओभरको काम गर्थे । बालासुब्रह्मण्यमले केहि चलचित्रहरूमा अभिनय पनि गरेका छन् ।
बालासुब्रमन्यम एक छोरा र एक छोरी छन् । उनीहरू २ जना नै गायक हुन् ।
सन् १९६६ बाट गायन सुरू गरेका बालासुब्रमन्यम विभिन्न १६ भाषाका ४० हजारभन्दा धेरै गीत गाएका छन् ।