लागूपदार्थको जालोमा बलिउड, आज दिपिका पादुकोण, साराअलि खानको बयान


यतिबेला बलिउड पूरै थर्कमान भएको छ । स्टार किडहरुको लागू पदार्थ कनेक्सन सार्वजनिक हुँदैछ । सुशान्तसिंह राजपुतको कथित आत्महत्यापछि उनकी प्रेमिका भनिएकी नायिका रिया चक्रवर्ती पक्राउ परेकी छिन् भने उनको भाई, अन्य केही व्यक्तिहरु समेत हिरासतमा रहँदा रियाकै बयानपछि यतिबेला अन्य नायिकाहरु पनि यो मामिलामा तानिएका छन् । यसअघि न नार्कोटिक्स व्यूरोको बोलावटमा दिपिका पादुकोण, सारा अलि खान, श्रद्धा कपुरको नाम आइसकेको छ । यिनैमध्ये दिपिका पादुकोण र सारा अलि खानसँग आज शनिबार बयान भइरहेको छ । भारतीय सञ्चारमाध्यमले स्टारहरु एनसीबीको कार्यालयमा बयानका लागि पुग्दै गरेका दृश्यहरु प्रशारण गरिरहेका छन् ।

लागू पदार्थमा यिनीहरुको संलग्नता, बेचबिखन गर्ने व्यक्तिहरु अन्य कारोबारीका विषयमा यो बयान केन्द्रित हुने अनुमान छ । प्रत्यक्ष बेचबिखनमा संलग्नता देखिएको अवस्थामा थप बयान र पक्राउ गर्नेसम्मको कारवाही हुनसक्ने विश्लेषकहरुले बताएका छन् ।
सुशान्तसिंह राजपुतका फ्यानहरुले बलिउडमा व्याप्त परिवारवाद अनि लागू पदार्थको दुव्र्यसनका कारण एउटा होनहान कलाकारको मृत्यु भएको मानेका छन् । यसको अनुसन्धान अघि बढ्दै जाँदा अहिले बलिउड लागूपदार्थको जालोमा पूरै जकडिएको छ । ठूला स्टारहरुको लागू पदार्थमा नाम जोडिने क्रम पनि बढ्दै गएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?