विराट कोहलीको खराब प्रदर्शनसँग किन जोडियो प्रधानमन्त्री मोदीको नाम ?


एजेन्सी । भारतीय क्रिकेट कप्तान विराट कोहलीको टोली रोयल च्यालेन्जर्स बैंग्लोरले आइपीएलको दोस्रो खेलमा नमिठो हार व्यहोर्यो । त्यसमा पनि कप्तान विराटको प्रदर्शन बिर्सन लायक रह्यो ।

हातमै आइसकेको २ वटा क्याच फुत्काएका विराटले ब्याटिङमा पनि केही योगदान गर्न सकेनन् । ५ बल सामना गरेका विराट १ रनमै आउट भए ।

विराटको यो प्रदर्शनलाई भारतीय प्रधानमन्त्री मोदीसँग जोडेर व्यङ्ग्य भइरहेको छ । किनकी विराटले खेलभन्दा अघिल्लो दिन मोदीसँग कुरा गर्दै ‘फिटनेश’को बारेमा चर्चा गरेका थिए ।

आइपिएलको सिजन चलिरहेको बेला मोदी र विराटलाई ‘पनाैती’ भन्दै गरिने ट्वीटको संख्या पनि बढ्दैछ ।

रोयल च्यालेन्जर्स बैंग्लोरले उक्त खेलमा किंग्स इलाभेन पञ्जावसँग ९७ रनले हारेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?