खर्च नियन्त्रण गर्न आर्सनलद्वारा क्लब मस्कट ‘गनरसाैरस’लाई निष्कासन


एजेन्सी । इंग्लिस क्बल आर्सनलले क्लब मस्कट ‘गनरसाैरस’लाई बिदा दिने भएको छ । कोरोना महामारीका कारण आर्थिक भार व्यवस्थापन गर्न आर्सनलले मस्कटलाई बिदा दिने भएको हो ।

आर्सनलमा मस्कटका रूपमा जेरी क्वे कार्यरत थिए । सन् १९९३ देखि उनी क्लबका लागि मस्कट बनेका थिए । तर, स्टेडियममा फ्यानहरूको उपस्थिति नहुँदा मस्कटको तलबमा अनावश्यक खर्च भएको भन्दै उनलाई क्लबले बिदा दिने निर्णय गरेको बताइएको छ ।

आर्सनलले गत अगस्टमा नै बाहिरी खर्च व्यवस्थापनका गर्न ५५ जनालाई बिदा गर्ने उल्लेख गरेको थियो । क्वे क्लबमा पार्ट टाइममात्रै मस्कटका रूपमा देखिने भएकाले ५५ जना भन्दा बाहिरका रहेका छन् ।

आर्सनल म्याचडेमा क्लबका समर्थकबाट टिकटमार्फत आएको रकममा धेरै नै निर्भर छ । कोरोना भाइरसका कारण स्टेडियममा समर्थक प्रवेश गर्न नपाउँदा क्लब आर्थिक भारमा परेको बताइएको छ ।

क्बलका खेलाडीहरूको तबलमा केही प्रतिशत रकम कट्टा गर्ने आर्सनल पहिलो प्रिमियर लिग क्लब हो । सुरूमा खेलाडीहरूको एक वर्षसम्म १२.५ प्रतिशत तलब कट्टा गर्ने सम्झाैता भएता पनि युरोपा लिगमा आर्सनल छनाैट भएपछि ७.५ प्रतिशत रकममात्र कट्टा हुने भएको छ ।

क्लबले स्काउटिङ मेम्बरमध्ये १० जनाको सम्झाैता मे महिनाको अन्तिममा नै रद्द गरेको थियो ।

आर्सनलले स्टेडियममा समर्थक आउन थालेपछि पुनः क्वे आउनसक्ने पनि उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?