जुनियर मिनि वर्ल्डकप क्रिकेटमा नेपालको उत्कृष्ट प्रदर्शन


एडिलेड ।

साउथ अस्ट्रेलियन क्रिकेट एसोसिएसन(साका)काे आयाेजनामा भएकाे ‘जुनियर वर्ल्ड कप २०२० ’ मा नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् । प्रतियाेगितामा नेपाली प्रतिनिधित्व एडिलेड नेप्लिज क्रिकेट एसाेशियसन (एनका)ले गरेको थियो।

नेपालसँगै जुनियर वर्ल्ड कपमा अफ्रिका ,बङ्गलादेश , पाकिस्तान, इन्डिया ,अफगानिस्तान,श्रीलङ्का, चाइना र यहाँको आदिवासी समुदायको समेत उपस्थिति रहेकाे थियाे । अन्डर १० र अन्डर १२ गरि दुई समुहकमा खेलाइएकाे थियाे ।

नेपाली टिमले अन्डर १२ मा आफ्नाे समुहका इन्डिया, पाकिस्तान, श्रीलंका संग र अन्डर १० मा पाकिस्तान र इन्डिया संग उत्कृष्ट प्रदर्शन गरेकाे थियाे ।

आयाेजक संस्थाले खेलमा हार जित घाेषणा गर्दा बालबलिकामा सकारात्मक असर नगर्ने भएकाले हार जित घाेषणा गर्ने नगरेकाे एनकाका अध्यक्ष विजय जाेशीले बताउनुभयाे । जाेशीले जुनियर वर्ल्ड कप प्रतिस्पर्धी प्रतियोगिता भन्दा बहु सांस्कृतिक समुदायका बालबालिकाहरू बिचको उत्सव रुपमा खेलाउने गरेकाे बताउनुभयाे । यसै बिचमा एनकाले आगामी अक्टाेवर १८ वाट शुरु हुने अन्डर १२ काे क्लवहरुकाे लिग खेलमा पनि सहभागी हुने भएकाे छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?