भारतमा सिनेमा खुलेको पहिलो दिन हल रित्तै, कर्मचारी नै बसे फिल्म हेर्न !


एजेन्सी । कोरोना भाइरस महामारी पछि, केन्द्रीय सरकारले तोकेको मार्गनिर्देशन अन्तर्गत अक्टोबर १५ देखि केही राज्यहरूमा सिनेमा हलहरु सञ्चालनमा आएका छन् । पहिलो दिन दर्शक संख्या शुक्रबार एकदम न्युन थियो ।

कोरोनाको जोखिमको कारण मानिसहरु अझै पनि हलमा गएर फिल्म हेर्न मन गरिरहेका छैनन् । हल सञ्चालकहरु भने यो अर्काे हप्ताबाट दर्शक पाउने आशा गरिरहेका छन् । सरकारले ५० प्रतिशत क्षमतामा सेनेमा हल खोल्न अनुमति दिएको छ । हल खाली हुँदा सिनेमा हल रहेको मलका कर्मचारी, गार्ड नै कुर्सीमा बसेर फिल्म हेर्न बसे ।

दर्शकलाई सिनेमा हल प्रवेश गर्दा र भित्र पनि मास्क अनिवार्य गरिएको छ । सिनेमा हल भित्र पहिला जस्तै सबै सिटमा दर्शकलाई राखिने छैन । एउटा सिट छोडेर टिकट बाँडिनेछ । फिफिल्म ल्म हल प्रवेश गर्नु अघि कर्मचारीहरुले दर्शकको शरीरको तापक्रम नाप्नुका साथै सेनिटाइज गर्ने गरेका छन् । सबै कर्मचारीहरुलाई फेस मास्क अनिवार्य गरिएको छ ।

भारतमा करिब १० हजार सिनेमा हल मार्चदेखि बन्द गरिएका थिए । अब सिनेमा हलहरू खुलेसँगै बलिउडको फिल्म निर्माण व्यवसायले गति लिने अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?