अभिनेत्री कंगनालाई एक वकिलले दिए बलात्कारको धम्की !


एजेन्सी । बलिउड अभिनेत्री कंगना रनोटलाई एक वकिलले बलात्कारको धम्की दिएका छन् । ती वकिलले सार्वजनिक रुपमा बलात्कारको धम्की दिएका हुन् । ओडिशाका मेहंदी रजा नामका वकिलले कंगनाले गरेको एक पोस्टमा कमेन्ट गर्दै बलात्कारको धम्की दिएका हुन् ।

उनले लेखेका छन् ‘बीच सडकमा बलात्कार गरिनुपर्छ ।’ उनको यो कमेन्टसँगै सामाजिक संजाल उनीप्रति आक्रोशित भएपछि उनले फेसबुकमा सफाइ दिएका छन् । उनले सफाइ दिँदै आफ्नो फेसबुक आइडी ह्याक भएको बताएका छन् ।

रजाले माफी माग्दै लेखेका छन् ‘आज मेरो फेसबुक आइडी ह्याक भएको थियो जसबाट केही अपमानजनक पोस्ट गरिए । कुनै पनि महिला वा समुदायबारे मेरो यस्तो दृष्टिकोण छैन । म आफैं अचम्ममा छु र यसको लागि माफी माग्छु ।’

मेहन्दी रजा ओडिशाको झारसुगडा डिस्ट्रिक्ट एण्ड सेशन कोर्टका एड्भोकेट भएको भारतीय सञ्चार माध्यामले जनाएका छन् । रजाविरुद्ध ऊजुरी दर्ता भइसकेको पनि बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?