१ करोड क्षतिपूर्ति माग गर्दै लवीनाविरुद्ध महेश भट्ट पुगे बॉम्बे हाईकोर्ट !
एजेन्सी । बलिउड निर्माता महेश भट्टले १ करोड क्षतिपूर्ति माग गर्दै अभिनेत्री लवीना लोधविरुद्ध बॉम्बे हाईकोर्टमा मुद्दा दर्ता गरेका छन् । लवीनाले लगाएको आरोपविरुद्ध उनी अदालत पुगेका हुन् । अभिनेत्री लवीनाले इंस्टाग्राममा पोष्ट गरेको ४८ सेकेन्डको भिडियोमा महेश भट्टले आफुलाई दुःख दिएको बताएकी थिइन् ।
उनले महेश र उनको भतिजको परिवारले आफुमाथि हिंंसा गरिरहेको बताइन् । उनले भनिन्, “मलाई महेश र उनको भतिजाको परिवारले साह्रै दुःख दिएको छ । कृपया मलाई सहयोग गर्नुहोस् ।” उनले भिडियोमा भनेकी छन, आफु र आफ्नो परिवारको सुरक्षाका लागि भिडिओ बनाएको भन्दै सुमित लागुऔषध प्रयोग गर्ने मात्र नभए युवतीहरूको बेचबिखन गर्ने गरेको समेत आरोप लगाएकी छिन् । त्यो सबै कुराको जानकारी महेश भट्टलाई भएको उनको भनाइ छ ।
लवीनाले लगाएको आरोप प्रति महेश भट्टले मुख खोलेका छन् । उनले भने, सुमित सभरवाल पछिल्लो २० वर्षदेखि हाम्रो कम्पनीमा काम गर्ने एक कर्मचारी हुन्, लवीनाले सञ्चारमाध्याममा भनेको कुरौ सबै झुटो हो । उनले भने हामी नातेदार हो ।
लवीनाले अपमान तथा मानहानि गर्ने उद्देश्यले आरोप लगाएकी हुन । आफ्नो मानहानी गरिएको भन्दै कानूनी कारवाहीका लागि बॉम्बे हाईकोर्टमा मुद्दा दर्ता गरेको उनले बताए । उनले भने, हामीलाई हाम्रो न्यायपालिकाप्रति पूर्ण विश्वास छ, चाँडै हामी यो मुद्दाको तार्किक अन्त्य भएको हेर्न चाहन्छौं ।