आइपिएलमा दिल्लीको लगातार तेस्रो हार !
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई ८८ रनले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा हैदरावादले दिएको २२० रनको लक्ष्य पछाएको दिल्लीले १९ ओभरमा १३१ रन बनाउदा अलाउट भएपछि खेल ८८ रनले हारेको हो । हैदराबादले दिएको २ सय २० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले १९ ओभरमा अलआउट हुँदै १ सय ३१ रन मात्र बनाउन सक्यो ।
दिल्लीका लागि ऋषब पन्तले सर्वाधिक ३६ र अजिन्का रहानेले २६ रन बनाए । यस्तै टुसार देशपाण्डेले अविजित २० रन जोड्दा शिम्रन हिटमायरले १६ रन बनाए । कप्तान श्रेयस एयर ७ रनमा आउट हुँदा शिखर धवन सुन्य रनमा पेभेलियन फर्किए ।
दिल्लीलाई सस्तैमा समेट्न हैदराबादका राशिद खानले ४ ओभरमा ७ रन खर्चिएर ३ विकेट लिए । यस्तै सन्दीप शर्मा र टी नटराजनले २–२ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा २ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो ।
दिल्लीको विशाल लक्ष्यमा रिद्दिमान शाह र कप्तान डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । ओपनरद्वय रिद्दिमान र वार्नरले पहिलो विकेटका लागि १ सय ७ रनको साझेदारी गरेका थिए । पहिलो विकेटको रुपमा आउट भएका वार्नरले ३४ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६६ रन बनाए ।
रिद्दिमानले ४५ बलमा १२ चौका र २ छक्कासहित ८७ रन बनाए । यस्तै मनिस पाण्डेले अविजित रहदै ४४ रन जोड्दा केन विलियम्सनले अविजित ११ रन बनाए । जितसँगै हैदराबादले १२ खेलमा १० अंक जोड्दै छैठौँ स्थानमा उक्लिएको छ । हैदराबादसँग पराजित भएपछि दिल्ली १२ खेलमा ७ जितसहित १४ अंकका साथ तेस्रो स्थानमा छ ।