कंगनालाई क्षतिपूर्ति दिन बम्बे अदालतको आदेश !


काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतलाई क्षतिपूर्ति दिन अदालतले आदेश दिएको छ । बीएमसीले पाली हिलमा रहेको भवन भत्काएको सम्बन्धी बम्बे हाईकोर्टले आफ्नो फैसलामा यस्तो बताएको हो । बम्बे हाईकोर्टको फैसलाका अनुसार कंगनालाई नोक्शान पुर्याउन यस्तो गरिएको बताइएको छ । कोर्टले कंगनालाई धम्काउनको लागि यो सबै गरेको बताएको छ ।

बीएमसीको यो कार्य ठीक नभएको कोर्टले बताएको हो । कोर्टले यो कंगनालाई धम्क्याउन मात्र गरेकोले त्यसको नोक्शानको हिसाबकिताब गर्न बीएमसीलाई भनेको छ । जति क्षति भएको छ, त्यसको क्षतिपूर्ति व्यहोर्न समेत अदालतले आदेश दिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?