नेकपाको झगडा र मिलिभगत !
नेपालमा पार्टीभित्र हुने झगडा नयॉ हैन विगत ८०/९० बर्षमा नेपाल प्रजा परिषद्लाई पहिलो पार्टी मान्ने हो भने कति पार्टीबने त कति फ़ुटे अनि फेरि जुटे यस्को कुनै लेखाजोखा छैन । कम्युनिस्ट पार्टी कै मात्र इतिहास हेर्दा पनि विक्रम सम्वत् २००६ बाट २०७७ आइपुग्दा र अथवा वा का कारणले बाद कारणले र पुर्ण विराम अघिल्लो बाक्यमा हुने कि पछिल्लोमा हुने कारणले पटक पटक फुट्ने काम भयो ।
यसमध्ये पनि पार्टी सरकारमा गएको वेला पार्टी र सरकारको कुरा नमिल्दा झगडा पर्ने गर्दछ जस्तो आज नेकपामा छ । यो आज नेकपामा भए पनि हिजो कांग्रेसमा राप्रपामा भएका असंख्य उदाहरण छ । विपी र मातृकाको अन्तर्द्वन्द्व होस या गिरीजा, कृष्ण प्रसाद र गणेशमान विचको टकराव २०४८ -२०५१ जहॉ छत्तिसे उफ्रदा संसद विघटन र मध्यबादी चुनावमा सम्म पुगेको थियो । २०१५ मा नेपाली कॉंग्रेसको अन्तर्द्वन्द्वले २०१७ मा पंचायती ब्यवस्थाको प्रादुर्भाव भएको थियो भने २०५२ मा माओवादी पार्टीको घोषणा र जनयुद्वमा नेपाल फ़सेर करिब १७ हज़ार मान्छे ज्यान गुमाउन बाध्य भएका थिए ।
ओलीका पछिल्लो अभिब्यक्तिलाई हेर्ने हो भने उनी वारपारमा पुगेका छन् कि त छैनस कि म यो भनाईलाई विश्लेषण गर्ने हो भने पाटी फुटमा गएपनि पद नछाड्ने दृढ संकल्पना छन् ओली।
अहिलेको झगडा मुख्यतय पार्टीका शिर्ष नेता बिचको टकराव हो । एकातिर केपी ओली स्वंयम प्रधानमंत्री र पहिलो पाटी अध्यक्ष छन् भने उनलाई पाटी भित्रको सत्ता र राजकीय सत्ता टिकाउन उपप्रधानमन्त्री ईश्वर पोख्रेल, महासचिव बिष्णु पौडेल, उपनेता सुभाष नेम्वाङ , लुम्बिनी प्रदेशका मुख्यमंत्री शंकर पोख्रेल, मंत्री प्रदीप ज्ञवाली करिब ४० देखि ४५ प्रतिशत नेता कार्यकर्ता, संसद रहेको पाइन्छ। भने अर्को तर्फ प्रचण्ड, माधव नेपाल, झलनांथ खनाल, बामदेब गौतम र नारायणकाजी श्रेष्ठ लगायतका ५५ देखि ६० प्रतिशत नेता कार्यकर्ता र संसद रहेको बुझिएको छ । यि र यस्ता परिदृश्यमा केपी ओली समुह रक्षात्मक रहेको देखिन्छ । निकै कठिन अवस्थाम पनि विंभिन्न किसिमका कार्ड फाल्न खपि्पस ओली यो विषम परिस्थितिमा कसरी सम्मालिन्छन त्यो भने भोलीको दिनको राजनीतिक घटनाक्रम र जोडघटाउले बताउनेछ ।
हाललाई यति भन्न सकिन्छ कि ओलीले अर्को पक्षसंग कुनै न कुनै ठाउँमा सम्झौता नगरी अहिलेको संकट नटर्ने प्राय निश्चित देखिन्छ । मन्त्रिमण्डल पुनर्गठन, मुख्यमंत्रीको हेरफेर, दुईवटा पद मध्ये एक पद त्याग वा सचिवालयको हरेक निर्णय पालना गर्नु पर्ने यि मध्ये एकमा सम्झौता हुने प्रश्ट देंखिन्छ। अर्को तर्फ १९ बुंदे संगिन आरोप लगाएर मैदानमा ओर्लेको प्रचण्ड समुहलाई पनि उत्तिकै समस्या पर्ने देखिन्छ यदि तल माथि भएमा राजनीतिबाट पलायन वा संन्यास हुने संभावना उत्तिकै छ । ओलीका पछिल्लो अभिब्यक्तिलाई हेर्ने हो भने उनी वारपारमा पुगेका छन् कि त छैनस कि म यो भनाईलाई विश्लेषण गर्ने हो भने पाटी फुटमा गएपनि पद नछाड्ने दृढ संकल्पना छन् ओली।
विभिन्न फुटका शृंखला देखि सकेका नेता कार्यकर्ताले फुटमा भन्दा जुटमा नै राजनीतिक भविष्य देखेकाले पाटी फुटमा नजानेर र कुनै न कुनै किसीमको सम्झौता हुने प्राय निश्चित देखिन्। कुनै एउटा बक्तब्य या कुनै अलिखित सम्झौता अथवा पदकों बॉडफॉडमा नेताहरु मिल्ने पक्का देखिन्छ यसरी झगडा चर्कने र सम्झौता मिलने या भनौ स्वार्थमा मिलिभगत हुने संभावना आजको तितो यथार्थ बन्ने छ।