सैफअली खानले सबैसँग माफी माग्दै भने, ‘राम हाम्रो हिरो’ !


एजेन्सी । भगवान रामको बारेमा विवादित अभिव्यकित दिएका भारतीय बलिउड अभिनेता सैफ अली खानले माफी मागेका छन् । उनले भगवान रामबारे दिएको विवादित अभिव्‍यक्ति फिर्ता लिँदै माफी मागेका हुन् । आगामी फिल्म आदिपुरुषबारे दिएको विवादमा परेपछि उनले सबैसँग माफी मागेको भारतीय सञ्‍चार माध्‍यमहरुले जनाएका छन् ।

उनले दिएको बयानमा रावणले सीता अपहरणको गरेको जायज रहेको एक अन्तर्वार्तामा बयान दिएका थिए । यसपछि उनको सामाजिक सञ्जालमा चर्को आलोचना हुन थालेको थियो । सैफले उक्त बयान अब भने फेरेका छन् । उनले भनेका छन्, ‘मैले दिएको अन्तर्वातामा दिएको बयानले केही मानिसहरुको विश्‍वासमा ठेस पुग्न गएको छ। मेरो यस्तो कुनै उद्देश्य थिएन। म उक्त बयानको लागि माफी चाहन्छु ।’

उनले भगवान राम आफ्नो नायक समेत रहेको बताएका छन्। उनले भनेका छन्, ‘भगवान राम मेरो लागि सधैँ सत्यता र नायकको प्रतीक रहँदै आएका छन् ।’आउँदो फिल्म आदिपुरुषमा अभिनेता सैफअली खान बाहेक साउथ सुपर स्टार प्रभास समेत भूमिकामा देखिएका छन्। प्रभास भगवान रामको भूमिकामा देखिनेछन् । फिल्मको निर्देशन तान्हाजी बनाउने ओम राउतले गरिरहेका छन् । फिल्म सन् २०२२ अगस्ट ११ मा रिलिज हुने बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?