बलिवुडका चर्चित कोरियोग्राफर रेमो डिसुजा अस्पताल भर्ना !
एजेन्सी । बलिउड निर्माता तथा कोरियोग्राफर रेमो डिसुजा अस्पताल भर्ना भएका छन । शुक्रबार दिउँसो हृदयघात भएपछि मुम्बईस्थित कोकिलाबेन धिरूभाइ अम्बानी अस्पतालमा भर्ना गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
मिडिया रिपोर्टका अनुसार डिसुजाको एन्जियोप्लाष्ट गरिएको छ र उनको स्वास्थ्य सुधार भइरहेको छ । आइसीयुमा उपचार गराएका डिसुजालाई अहिले सामान्य बेडमा राखिएको एएनआइले जनाएको छ । बलिवुडका फिल्म विश्लेषक कोमल नाहटाले ४६ बर्षिय डिसुजाको स्वास्थ्यमा उलेख्य सुधार भएको जानकारी दिएका छन् ।