बलिउड ड्रग्स काण्ड : अभिनेता अर्जुन रामपाललाई एनसिबीले पुनः बोलायो


एजेन्सी । बलिउड अभिनेता अर्जुन रामपाललाई एनसिबीले पुनः बोलाएको छ । बुधबार एनसिबीले अर्जुनलाई पुनः बोलाएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

अर्जुनलाई ड्रग्ससँग सम्बन्धित केसको सोधपुछका लागि बोलाइएको भारतीय मिडियामा उल्लेख छ । सोही केसमा रामपाललाई एनसिबीले १३ नोभेम्बरमा सोधपुछ गरेपछि छाडेको थियो ।

नोभेम्बर ९ मा एनसिबीले अर्जुनको घरमा छापा मार्नुका साथै विद्युतीय सामग्रीहरू कब्जा गरेको थियो । सोही दिन रामपालकी प्रेमिका गाब्रियल पनि ६ घण्टाको सवालजवाफमा परेकी थिइन् ।

एनसीबीले अर्जुन रामपालका साथी पाउ बर्टेललाई पनि पक्राउ गरेर अनुसन्धान सुरू गरेको बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?