विवाह लगत्तै वरुण धवनले सामाजिक सञ्जालमा लेखे, ‘जीवनभरीको प्रेम आधिकारिक भयो’ !
एजेन्सी । बलिउड नायक वरुण धवन तथा फेसन डिजाइनर नताशा दलाल आइतबार लगनगाँठो गसेका छन् । मुम्बईमा भएको विवाहका तस्बिर वरुण धवन आफैंले सोसल मिडियामा सेयर गरेका छन् । उनले जीवनभरीको प्रेम आधिकारिक भएको बताउँदै तस्बिर सेयर गरेका छन् । उनीहरुले विवाह गरेको स्थल मेन्शन हाउसमा क्यामरा र मिडियामाथि कडा प्रतिबन्ध लगाइएको थियो ।
विवाहबारे समाचार संकलन गर्न पुगेका मिडियाकर्मीका लागि वरुणले खानाको प्याकेट पठाए । यसबाहेक लड्डु पनि पठाइयो । भारतीय मिडियामा प्रकाशित खबरका अनुसार यी नवविवाहित जोडी हनिमूनका लागि टर्की जान सक्छन् ।