श्रद्धा र रोहन श्रेष्ठ बाल्यकालको साथी मात्रः शक्ति कपूर !
एजेन्सी । अभिनेत्री श्रद्धा कपूर र नेपाली मुलका फोटोग्राफर रोहन श्रेष्ठबीच बिहे हुने कुरा अहिले निकै चर्चामा छ । वरुण धवन र नताशा दलालबीच विवाह भएपछि अब श्रद्धा र रोहन क्षेष्ठको बिहेको हल्ला सुरु भएको छ । रोहनले वरुणलाई विवाहका लागि बधाई दिँदै इन्स्टाग्राममा पोस्ट गरेपछि यो हल्ला शुरु भएको हो ।
रोहनले दिएको बधाईको जवाफमा बरुणले भने, ‘म आशा गर्छु कि तिमी पनि तयार छौ ।’ बरुणले जवाफ दिएको पोस्ट भाइरल भएसँगै श्रद्धाका बुवा शक्ति कपूरले यसबारे प्रतिक्रिया दिएका छन् । उनले एक अन्तर्वार्तामा श्रद्धा र रोहन बाल्यकालको साथि मात्रै भएको बताएका छन् । रोहनलाई लिएर छोरी कति सिरियस छिन् भन्ने कुरा थाहा नभएको र श्रद्धाको निर्णयमा आफू सँधै साथ दिने समेत उनले बताए ।
शक्तिले भने, ‘रोहन राम्रो केटा हुन् । उनी बच्चैदेखि हाम्रो घर आउने गर्छन् । तर, श्रद्धाले मलाई रोहनसँग बिहे गर्ने कुरा भने कहिले पनि गरिनन् । उनीहरु बच्चादेखि कै मिल्ने साथी हुन् । एकअर्का प्रति कति सिरियस छन् भन्ने कुरा मलाई थाहा छैन ।’