अनुराग कश्यपकी छोरी आलियालाई बलात्कारको धम्की !
एजेन्सी । चर्चित बलिउड फिल्म निर्देशन अनुराग काश्यप र अडिटर आरती बजाजकी छोरी आलिया काश्यपलाई बलात्कार र ज्यान मार्ने धम्की आएको छ । बिकिनी लगाएको फोटो शेयर गरेपछि आफूलाई ट्रोल बनाइएको र बलात्कार, ज्यानमार्ने धम्की सम्म आएको आलियाले बताएकी हुन् ।
आलियाले उनको युटुव च्यानलमा एक भिडियो सेयर गर्दै यस विषयमा जानकारी दिएकी हुन् । स्टार किड र उनीहरूका छोराछोरीले ट्रोलको सामना गर्नु पर्ने भन्दै आलियाले आफ्ना केही कुरा शेयर गरेकी छिन् ।
उनी भन्छिन् ‘मैले सामाजिक सञ्जालमा नकारात्मकताको सामना गर्नु परेको छ । म अति नै भावुक व्यक्ति हुँ र सानो घृणाले पनि मलाई चिन्तित बनाउँछ । तर किन म यति धेरै भावुक छु भन्ने कुरा मलाई थाहा छैन । म सानो भन्दा सानो कुरामा रोइहाल्छु । जब मैले बिकिनीमा फोटो शेयर गरेँ, तब तिमीलाई लाज लाग्न आवश्यक छ किनभने तिमि भारतीय हौ भन्नेदेखि मलाई बलात्कार गर्ने समेत धम्कि दिएका थिए । त्यस्तै मलाई अपशब्द भनिरहेका थिए र नराम्रो नामले बोलाएका थिए । मसंग मेरो रेट सोधिरहेका थिए । यहाँसम्म कि मलाई ज्यान मार्ने समेत धम्कि दिइएको थियो ।’
म निकै चिन्तित भएको थिएँ । यद्यपि मलाई त्यस्ता कुराहरुले केहि फरक पार्दैन । जो मानिसले मलाई नकारात्मक कमेन्ट गर्छ, उनीहरु फोन पछाडि लुकेका छन् । म इमान्दारीपूर्वक सबैलाई ब्लक गरिदिन्छु । यदि मेरो कुनै पनि सामाजिक सञ्जालमा टाढाबाट मात्रै पनि कसैमा नकारात्मकता देखें भने पनि म उनीहरुलाई ब्लक गरिदिन्छु, किनभने म चाहन्छु मेरो सामाजिक सञ्जाल एउटा सकारात्मक प्लेटफर्म होस् ।’