बलिउड अभिनेता रणवीर कपूरलाई कोरोना संक्रमण !
एजेन्सी । बलिवुडका चर्चित अभिनेता रणवीर कपूरलाई कोरोना संक्रमण भएको छ । रणवीरलाई कोरोना संक्रमण भएपछि फिल्म ब्रम्हास्त्रको शुटिंग रोकिएको छ ।
रणवीरकी आमा नितु सिंहले छोरा रणवीर कपूरलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् । नितुले भनेकी छन्, तपाइँ सबैको चिन्ता र शुभकामनाका लागि धन्यवाद छ, रणवीरलाई कोरोना पोजेटिभ देखिएको छ र उनी डाक्टरको सल्लाहमा औषधि लिइरहेका छन्, उनको स्वास्थ्यमा सुधार भइरहेको छ । यसअघि नितु सिंह पनि कोरोना संक्रमित भएकी थिइन् ।
त्यस्तै निर्देशक भंसालीलाई पनि कोरोना पोजेटिभ भएपछि गंगुबाइ फिल्मको शुटिंग युनिट क्वारेन्टाइन भएको छ । पुरै युनिटको फेरी टेस्ट गरिएको छ भने अभिनेत्री आलिया भट्टपनि क्वारेन्टाइन भएको बताइएको छ ।