आमिर खानद्वारा सामाजिक सञ्जाल नचलाउने घोषणा


एजेन्सी । बलिउड अभिनेता आमिर खानले सामाजिक सञ्जाल नचलाउने घोषणा गरेका छन् । आइतबार जन्मदिन मनाएसँगै आमिरले अब सामाजिक सञ्जालबाट टाढा रहने घोषणा गरेका हुन् ।

आफ्नो व्यक्तिगत सामाजिक सञ्जाल बन्द गरेता पनि उनको प्रोडक्सन हाउसको अकाउन्टबाट सुचना आदानप्रदान गर्न सकिने उल्लेख गरेका छन् ।

अभिनेता खानले अहिलेसम्म सामाजिक सञ्जालमा जोडिएर साथ दिने सबैलाई धन्यवाद दिँदै सामाजिक सञ्जालमा अन्तिम पोष्ट गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?