कोरोनाबाट ‘सुटर दादी’को नामबाट चर्चित चन्द्रो तोमरको निधन !


एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट भारतमा ‘सुटर दादी’को नामबाट चर्चित चन्द्रो तोमरको मृत्यु भएको छ । ८९ वर्षीया तोमरको शुक्रबार निधन भएको भारतीय सञ्चारमाध्यामले बताएका छन् । अस्पताल भर्ना गरिएको दुई दिनमै मेरठको एक अस्पतालमा उनको निधन भएको हो ।

तोमरलाई कोरोना संक्रमण भएको खबर उनको परिवारले तीन दिनअघि सामाजिक सञ्जालमार्फत जानकारी गराएको थियो । उत्तर प्रदेशको बागपतकी उनीमाथि चलचित्र ‘साँड कि आँख’समेत बनेको थियो । जसमा तापसी पन्नु र भुमी पेडनेकरले अभिनय गरेकी थिइन् ।

भुमीले चन्द्रो तमोर र तापसीले प्रकाशी तमोरको भुमिका निभाएका थिए । प्रकाशी पनि ‘सुटर दादी’का नामले चिनिन्छिन् । ‘साँड की आँख’मा उनीहरुको संघर्ष देखाइएको छ ।

उनको निधनप्रति भुमी र तापसीले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन् । चन्द्रोले ६५ वर्षको उमेरमा सुटिङको अभ्यास सुरु गरेकी थिइन् । उनले २५ नेशनल सुटिङ च्याम्पियसशीपमा सहभागी भएर सबै प्रतियोगिता जितेकी थिइन् । सरुवाती दिनमा उनी अभ्यासका लागि राती घरमा सबैजना सुतिसकेपछि सुटुक्क निस्केर घण्टौँ अभ्यास गर्थिन् ।

उनको निधनप्रति भूमी र तापसीले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?