हरेस नखानु है आमा…!
फोनमा भन्दै हुनुहुन्थ्यो काका – हेलो बुवा आमा दुबैलाई लाग्या छ अक्सिजन नपाएर गाह्रो छ, अैले एऊटा अक्सीजनलाई २५,००० सम्ममा बेच्छन मानवता नभएका दलालहरू, उता हस्पिटलमा पनि भेन्टिलेटरमा बस्नुपरे ठाउँ पाईन्न भन्छन् । यहाँ कसोकसो गरेर २ वटा सिलिन्डर जुटाको छ । आमालाई त लाउनु पर्दैन तर बुवालाई २४ सै घन्टा लाउनु पर्छ ।
खै बावु यस्तो पाराले कतिन्जेल होला र ? भएका सबै छोराछोरी बाहिर छौ । झट्ट आउन पनि नमिल्ने । पैसाले मात्रै के हुन्छ र ? आफन्त छोराछोरी सेवा गर्ने मान्छे छेउमा नभएपछि, अलिकति भएको आँट पनि मरेर जाने रछ, हे नारान कस्तो दिन आयो यो ।
लु आमालाई दिए बोल है बाबु,
हेलो आमा….बाबु….
आमा, हार नमान्नु है आमा बुवालाई कस्तो छ….?
बाबु त आउन मिल्दैन होला है मरियो भने पनि देख्न नपाई गैने भईयो….
बुवालाई सास फेर्न गाह्रो हुन्छ बाबु हेरेर रुन बाहेक केही गर्न सकिन्न ।पाईपबाट अक्सिजन लगाएसरी आखाबाट ऑसु झार्नु हुन्छ गार्हो भएर खान गार्हो भएर अनुहार निलो बनाउनुहुन्छ ।
घॉटी दुखेर पानी निल्न पनि गार्हो हुन्छ खानै मान्नुहुन्न । मलाई पनि बेला बेलामा च्याप्छ अहिलेसम्म त बनाएर दिन सक्दैछु बावु छिमेकी पनि घरबाट बाहिर निस्कीदैनन्….
पैले लु एक कप चिया बनाउनु त भाउजु हजुरको हातमा जादू छ सारै मीठो चिया बनाउनुहुन्छ भन्नेहरु छेऊछाऊ पर्दैनन् । देखे भने पनि मुन्टो बटारेर हिंड्छन् । यो कस्तो दिन आईलाग्यो बाबु…. मास्तिरका बाहुन दाजुलाई काठ्मान्डौ लग्याथिए । भेन्टिलेटर नपाएर झापा पुर्याको थियो हिजो राम्रै छरे भन्थ्ये आज बिहानै बितेको खबर सुनियो….
मन बेस्सरी आँत्तिएको छ बाबु तिमीहरु पनि कोही छैनौ यस्तै बेला रैछ सबैसँगै हुनुपर्ने बुवालाई केही भईहाल्यो भने।।।।
आमा केही हुँदैन बुवालाई तपाईंले पनि हार मानेपछि बुवालाई झन गार्हो हुन्छ हौसला राख्नु आमा बुवालाई पनि हौसला दिनु केही हुदैन भन्नु अझै कति कुरा गर्न र हेर्न बाँकी छ ।
आमा हरेस नखानु न….
यताबाट आउन पनि मिल्दैन आमा सबै फ़्लाइटहरु बन्द छन् । मैले पैसा पठाको छु काकाको बैंकमा पैसाको पिर नमान्नु है आमा अक्सिजनलाई जति परेपनि किन्न भन्नु काकालाई ।
….हुन्छ बावु आफ्नो ख्याल राखेस समयमै खाएस पिर नमान्नु एताको सबै ठिक होलानी चाडै ।
लु काकालाई दिएँ….
काका मैले पैसा हालेको छु हजुरको अकाऊन्टमा पैसा जतिपरेपनि अक्सिजन ल्याउनु है काका…. अब हामी टाढा छौ काका सारै अभागी रैछु म आमा बालाई गाह्रो हुँदा छेउमा बसेर पानी दिन सकिनँ …. केही हुदैन बा भनेर हात सुमसुम्याएर आँट दिन सकिन….
अब हजुरनै हुनुहुन्छ काका जे परेनी गर्ने । काका हजुरले गर्नु भएको यो सहयोग जुनिभरलाई ऋण हुनेछ मलाई । कैले बिर्सने छैन काका….
चुप लाग तँ त्याबाट त्यसो गरेर हामीलाई कमजोर नबना…. मलाई केही नहुन्जेल दाईलाई केही हुन दिन्न म….
लु फोन राख् डिउटी मै छु भन्थिस चिन्ता नलि मछु सब ठिक हुन्छ….
हुन्छ काका राखे्….
सुक्क सुक्क रुँदै रछु फोन कानमै राखेर छेउमा भएको साथीले ब्रेक सक्यो भनेपछि झसंग भएँ ।
पैसा कमाएर बाआमालाई संसारका सबै खुसी दिनेछु भनेर बिदेश आएको आज यो दिन देख्न पर्यो । बरु नआएको भए पनि जे जस्तो भएपनि सँगै हुन्थे ….
साथी भन्दै थियो तेस्तो हैन नि तँ नेपालमा भएको भए उपचार गर्ने पैसा भन्ने बितिकै कहाँबाट आउँथ्यो ? कमसे कम पैसा त पठाउन सकिएको छ यहँबाट । त्यै सम्झेर चित्त बुझान….
हुनपनि चित्त बुझाउन बाहेक के गर्न सक्छु र ?