बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण !


एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनले कोभिड रिपोर्ट पोजिटिभ आएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनलाई केही दिन अगाडी पवइको हिरानन्दानी अस्पतालमा भर्ना गरिएको भारतीय मिडियाले बताएका छन् ।

चलचित्र ‘राम सेतु’को छायांकनका क्रममा अक्षयलाई कोरोना देखिएको थियो । चलचित्रको निर्माण टिमले छायांकन अगाडि बढाउने तयारी समेत गरिएको थियो । तर, चलचित्रका ४५ जना कलाकारलाई समेत कोरोना पोजिटिभ देखिएपछि दुई साताका लागि यसको छायांकन स्थगित गरिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?