ऊसँगको पहिलो डेट !


त्यो दिन उस्को र मेरो पहिलो डेट थियो । माघ महिना घाम लागे पनि जाडो नै थियो । उस्कै करकापले जुराएको त्यो हाम्रो भेट । धेरै कुरा सोध्नु थियो मलाई उसंग….

जसो जसो हामी हिडिरहेका थियौ त्यो पर मोतीझै टल्किएको फेवाको पानी पनि हामीसगै हिडिरहेको थियो।अचानक पानी छिट्याउन लाग्यो ठूल्ठुला पानिका थोपाले हामीलाई खेदाई रहेको थियो । एक्कासी दर्कियो …

छेउको पसल अगाडी रोकियौ । जाडोले काँप्न थालीसकेकी मलाई आफ्नो ज्याकेट फुकालेर ओढाईदियो‘।
तपाईंलाई जॉडो होला नि त किन मलाई ओढाईदेको ?

मुस्कुराउँदै उस्ले जवाफ दियो मेरो जाड़ों त तिमी छेऊमा भएपछि कता जान्छ जान्छ ।

म लजाएँ ।

ऊसको ज्याकेटको वास्ना कस्तो मीठो सुँघेर आन्नद लिईरहेकी थिएँ ।
एऊटा कुरा भनौ…

भन न !

तपाईको ज्याकेटको स्मेल र झरी पर्दा त्यो सुख्खा माटोबाट आएको  रापको बासना एउटै लाग्यो मलाई ।
एकदम मनमर्छ… त्यै भएरै मलाई पानी परेको एकदम मनपर्छ त्यो बासनाको आनन्द लिन ।

ऊसोभए मेरो ज्याकेट आजबाट तिमीनै राख ।

दुईजना नै गलल हाँस्यौं ।

पानी रोकिने छाँट थिएन आउने जाने गाडीले हानेका हिलोको छिटाहरुले पाईन्टभरी बुट्टा बनाईरहेको थियो । मनपर्ने रंग सेतो भएर आज खास दिन भनेर लगाएको टिसर्ट भिजेर भित्री बस्त्र सबै छर्लंग्गै भै सक्यो हत्तेरीका कुन दिनमा दशा लागेर आईएछ मनमनै मलाई घर जान आतुर भैसकेको थियो । एकछिन दुबैको मौनता पस्चात ऊसैले मुख खोल्यो ।

आजको यो दिन पनि ज़िन्दगी भरलाई संम्झना हुनेभो हाहा…. हैन त ? छड्के नज़र लगाएर हेर्यो….

त्यो त पक्कै हो कस्ले बिर्सियोस यो दिन सबै निर्थुक्कै भईयो थोरै उसँग रिसाएको जस्तो पारामा भनें….

म संग रिसाकी हौकी क्याहो अब मैले ईन्द्र भगवान लाई आज बेस्मारी पानी पार्दिनु भनेको थिएँ पुर्याईदिनुभयो धन्यवाद है ईन्द्र जी तपाईलाई आकासतिर हेर्दै बरबरायो….

जे पायो तेही के कस्ले दोष दियो र हजुरलाई उतापट्टी फर्किएँ ।

अनि तिम्लाई त पानि परेको मन पर्छ भन्या हैन अघि अनि किन ठुस्केकी हँ भन त ।

पानी परेको त मन पर्छ तर यस्तो सारो पनि हैन पुरा बाल्टीबाट घोप्ट्याएको जस्तो कस्लाई मन परोस….

भैगो छोड् बरु तात-तातो चिया पिउँ है मैले ऊत्तर दिनु अघिनै “साऊजी दुईकप तड्का चिया बनाउनु त”

आउ भित्रै बसौ

छेउनिरको कुर्सीमा बस्यौ….

त्यो तड्का भनेको चै कस्तो खालको चिया हो ? हॉस्दै सोधे ।

कानकै छेउमा आएर भन्यो तड्का भनेको ….चिया पिऊने बितिकै हामी दुईको माया यस्तो बेजोड बडोसकी छुटीन मनै नलागोस….

खित्त हॉसेर ऊसको कानमा भने….अनि त्यो तड्का त चियावालाले पो बनाको फेरी चियाबाला संग माया सर्लानी

हा हा हा दुईजानानै गललल हॉस्यौ चियावाला दाईपनि फर्केर हेर्न लागे….

धत् बॉदरनी के के भन्छे मार्छु अनि….

उस्ले तँ भनेको सुन्ने बितिकै झनक्क रिस ऊठ्यो तै पनि केही भनिन हॉसेर टार्दिएँ ।

लु लिनु तड्का चिया भन्दै पसलेले कुर्सीमा चिया राख्दिए पुलुक्क ऊस्लाई हेरे फेरी हॉसो रोकीएन यो पाली नी बेस्मारी हॉसेको देखेर पसले दाई फर्केर भने सब ठिक छ नी ?

ऊस्ले कुरा मोड्यो आज लास्ट पानि पर्यो है दाई….

धेरै पछि यस्तो ठुलो पानी पर्यो भाई बाली नाली सब सखाप पार्ने भो…. भन्दै पसले भान्सा तिर लागे….

चियाको तातो गिलास हातमा समातेर अलिकति भएपनि जाडो भगाऊने कोसीस गर्दै थिएँ । टुस्स मेरा नजर ऊस्का ऑखामा ठोक्कीए । ऊ मेरो भिजेको सर्टबाट नजरलाई ज़बरदस्ती भित्र नियाल्न खोज्दै थियो….

पापी मोरो मौका त पाऊनै हुन्न फाईदा ऊठाउन खोजीहाल्छ भित्र भित्रै मुरमिरीएँ । मैले ऊसलाई हेरेको थाहा पाएपछि नजर घुमाएर भन्यो लौ पानी पनी रोकीएछ अब कहाँ जाने भने ऊसको कुरो भुईमा झर्न नपाऊदै ….घर….घर ।
यस्तो भिजेको लुगामा काँ जानु….

आखा झिम्क्याऊदै भन्यो मलाई त भिजेकै लुगा भएनी रमाईलो लागीराको छ तिम्लाई हेर्न हि हि ।

कति बदमाश मान्छे तपाई….

ज्याकेट तानेर चेन लगाएँ ।

यहि एकछिन बसौ बरु त्यसपछि घर जौ हुन्न र ?

एकछिन सोचमग्न भएपछि हुन्छ यहि बसेर खाजा पनि खाउँ न त मलाई त भोक लाग्या छ ।
ऊस्ले  चाऊमिन अडर गर्यो दुबैलाई ।

अनि अब कैले भेट्ने भन्….

हॉस्दै पैलो भेट नै ख़तरनाक भयो अब दोस्रो कस्तो हुनेहो।।
दुबै हॉस्यौ….

अनि सधै काँ पानी पर्छ त । जुरुक्क उठेर पाईन्टबाट आफ्नो पर्स निकाल्यो…. कलेजमा तिम्रो घॉटी खाली देखेको थिए त्यसैले मैले यो सिक्री तिम्रो लागी स्पेसल बनाएको। लब हर्ट भएको सिक्री निकालेर लगाईदियो ।

म के भन्नु के नभन्नु अकमक्क परे….

ओमाई गड किन यस्तो महँगो किन किनेको ….

मेरो महंगो मान्छे त तिमीनै हौ यो त तिम्रो सामु केही होईन ….

ओमाई गड थ्याक्यु सो मच उठेर हग गरे …. ऊस्ले त्यै मौका पारेर गालाका किस गर्यो मैले थाहै नपाएझै गरिदिएँ ।

थोरै लाज अनि थोरै माया बढेको आभास भैसकेको थियो ऊ प्रती मेरो….

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?