अरमानको जमानत अस्वीकार


फागुन १२, नयाँ दिल्ली । लागुऔषध मुद्दामा लामो समयदेखि जेलमा रहेका बलिउड अभिनेता अरमान कोहलीलाई विशेष एनडीपीएस अदालतले अन्तरिम जमानत दिन अस्वीकार गरेको छ । अरमानले आफ्नो बिरामी आमाबाबुलाई भेट्नका लागि १४ दिनको अन्तरिम जमानतको माग गरेका थिए । तर, अदालतले उनको मागलाई अस्वीकार गरेको हो ।

अरमानलाई नारकोटिक्स कन्ट्रोल ब्युरोले लागुऔषधको एक मामलामा गत वर्षको अगस्टमा पक्राउ गरेको थियो । हाल उनी जेल जीवन बिताइरहेका छन् । यसअघि पनि अरमानको जमानत निवेदन विशेष अदालत र बम्बई हाई कोर्टले खारेज गरिदिएको थियो ।

एनसीबीले अदालतमा आरोपीलाई एक व्यावसायिक मात्राको कब्जाका लागि नारकोटिक्स ड्रग्स एण्ड साइकोट्रोपिक सबस्टेन्स (एनडीपीएस) अधिनियमको एक सम्बन्धित धारा अनुसार पक्राउ गरेको बताएको छ । सम्बन्धित धारामा चिकित्सा आधारमा जमानतको प्रावधान छैन ।

एनसीबीले अरमानको जुहूस्थित घरमा छापा मारेर केही मात्रामा लागुऔषध बरामद गरेको थियो । एनसीबीका अनुसार उनको घरबाट १ दशमलब २ ग्राम एमडी बरामद गरिएको थियो । जबकी यो मामलामा सहआरोपीबाट ठूलोमात्रामा मादक पदार्थ बरामद गरेको थियो ।

कोहलीको गिरफ्तारी मुख्य विक्रेता अजयराज सिंहलाई हिरासतमा लिएर सोधपुछ गरिएपछि भएको थियो । अरमानको घरमा बरामद भएको लागुऔषध दक्षिण अमेरिकामा तयार भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?