एमालेले टुंग्यायो ६ महानगर र ११ उपमहानगरका उम्मेदवार (सूचीसहित)


वैशाख १०, काठमाडौं । नेकपा एमालेले ६ महानगरपालिकामा उम्मेदवारको टुंगो लगाएको छ। शनिबार बसेको सचिवालयको बैठकले उम्मेदवारको टुंगो लगाएको हो।

काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनीता डंगोललाई उठाइने भएको छ। यस्तै, वीरगन्जको मेयरमा विजय सरावगीलाई उठाइने भएको छ। वीरगञ्जमा उपमेयरको नामबारे निर्णय भएको छैन।

पोखरामा मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङलाई उठाइने भएको छ। भरतपुरमा मेयरमा विजय सुवेदी तय भएका छन् भने उपमेयर खाली राखिएको छ। ललितपुरमा मेैयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेरिमा मञ्जली शाक्य बज्राचार्य तय भएका छन्। विराटनगरमा मेयर र उपमेयर दुवैका बारेमा तय भएको छैन।

उपमहानगरपालिकाहरु इटहरीको मेयरमा यमकुमार सुब्बा र उपमेयरमा संगिता चौधरी, धरानको मेयरमा मञ्जु भण्डारी र उपमेयरमा पदम लिम्बु, जनकपुरमा पनि मेयर र उपमेयर दुवैको नाम बाँकी राखिएको छ।

कलैया मेयरमा विनोद साहलाई उठाइने भएको छ भने उपप्रमुखको नाम बाँकी राखिएको छ। जितपुर सिमराको मेयर र उपमेयरमा पनि नाम टुंगो लगाउन बाँकी छ।

हेटौंडाको मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्ले, बुटवलमा बाबुराम भट्टराई र सावित्रादेवी अर्याल, तुलसीपुरमा टीकाराम खड्का र स्यानी चौधरी, घोराहीमा नरुलाल चौधरी र उमाकुमारी डिसी, नेपालगंन्जमा पशुपति दयाल मिश्र र शान्तिदेवी ढकाल तथा धनगढीमा रणबहादुर चन्द र कन्दकला राना थारुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?