काठमाडाैँको मेयरका लागि बालेन शाहले गराए उम्मेद्वारी दर्ता
वैशाख ११, काठमाडाैँ । गायक तथा इन्जिनियर बालेन शाहले काठमाडाैँ महानगरपालिकाको मेयर पदका लागि उम्मेद्वारी दर्ता गराएका छन् ।
आज मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेर शाहले मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय तोकिएको छ ।