गठबन्धन बाहेकको प्रचार गर्नेलाई कांग्रेसले कारबाही गर्ने
वैशाख २५, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले पाँच दलीय सत्ता गठबन्धन बाहेकका उम्मेदवारहरूको प्रचारप्रसार गर्ने क्रियाशील सदस्य तथा कार्यकताहरूलाई कारबाही गर्ने भएको छ।
शनिबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुनप्रसाद चौलागाईंले सामाजिक सञ्जालमार्फत पार्टी हित विपरीत र गठबन्धनको नीति विपरीत प्रचारप्रसार नगर्न आग्रह गरेका छन्।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारलाई पनि पार्टीको आधिकारिक उम्मेदवार र गठबन्धनको उम्मेदवारलाई सहयोग गर्न निर्देशन दिएका दिइएको छ।
मकवानपुर जिल्लाको १० वटै स्थानीय तहमा गठबन्धन भएको र इन्द्रसरोबरमा नेकपा एकीकृत समाजवादीबाट बनेका उम्मेदवार नै गठबन्धनको आधिकारिक उम्मेदवार भएको चौलागाईंले बताए।